English

विकासमा छुटेका गाउँ तेम्बाथान, तेगा र दिपु !



सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा पर्ने गाउँ हुन तेम्बाथान, तेगा र दिपु । धेरैलाई लाग्न सक्छ, यी गाउँ विकसित छन् । तर त्यसो होइन, यहाँका ती गाउँ विकट छन् । यहाँका बासिन्दालाई सरकारी सेवासुविधामा सहज पहुँच त छैन नै, उनीहरूलाई स्वास्थ्य एवं शिक्षा पाउन पनि कठिन छ । त्यति मात्र हो र, सडक र बिजुली नै छैन ।

तेम्बाथानबाट दुई दिन हिँडेर जुगलकै कात्तिकेसम्म आई दैनिक उपभोग्य वस्तु किन्ने गर्दछन् । सडक नहुँदा हिँडेरै आउजाउ, ठाउँठाउँमा खोला, भिरको बाटो, भारी बोकेर कष्टपूर्ण पैदल यात्रा गर्छन् । बर्खाको बेला आवतजावत गर्न झमेला हुन्छ । गाउँले मिलेर गोरेटो बाटो बनाउने गरेका छन् । बाटो सफा बनाउन एक घर एक व्यक्ति जानै पर्ने नियम गाउँलेले राखेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि गुम्बा गाउँ सम्म सडक र बिजुली पुगेको छ । यी गाउँमा धेरै शेर्पा जातिको बसोबास छ । स्थानीयका अनुसार १६७ घरधुरी तेम्बाथानमा छन भने दिपु , साङ्लुङ र तेगा गाउँमा ३०–३२ घरधुरीको बस्ती छ तर यी बस्तीका स्थानीयलाई विकसित गाउँ कस्तो हुन्छ नै थाह छैन् ।

बिरामी हुँदा हेलिकप्टरकै भर

सामान्य उपचारको लागि त तेम्बाथानमा स्वास्थ्यचौकी छ । नजिक स्वास्थ्यचौकी भए पनि सिटामोलबाहेक अरु औषधि पाइँदैन । गुम्बादेखिका व्यक्तिसमेत दुई दिन माया मारेर एलर्जीको लागि कात्तिके पुग्ने गर्दछन् भने तेम्बाथानको त कुरै नगरौँ । बिरामी भएकै दिन अस्पताल पुर्याउन कठिनाइ हुन्छ । जानैपरे पनि भिरको बाटो, तत्काल बोकेर लाने अवस्था छैन, हेलिकप्टर नै झिकाउनुपर्छ । अरु विकल्प यहाँ छैन ।

बिरामी पर्दा उपचार गर्न हेलिकप्टर बोलाउनुपर्छ, ऋण गरेर हेलिकप्टरमा बिरामी लगेका गाउँलेले अहिलेसम्म ऋण तिर्न सकेका छैनन् ।

स्थानीय लाक्पा लामा भन्छन् , ‘बिरामी पर्दा उपचार गर्न हेलिकप्टर बोलाउनुपर्छ, ऋण गरेर हेलिकप्टरमा बिरामी लगेका गाउँलेले अहिलेसम्म ऋण तिर्न सकेका छैनन् ।’ गाउँमा १६७ घरधुरी छ । बाक्लो बसोबास शेर्पा समुदायको छ । सुत्केरी ब्यथा लाग्दासमेत हेलिकप्टर खोज्नुपर्ने बाध्यता गाउँलेसामु छ । सिंगो गाउँको समस्या यही छ । जटिल बिरामी भए पनि तत्काल अस्पताल पुर्याउन सकिँदैन । बिरामी पर्दा जंगली जडीबुटीको भर पर्नुपर्ने बाध्यता छ । बिरामीको उद्धारका लागि हेलिकप्टर बोलाइरहनुपर्ने भएकाले तेम्बाथान आधारभूत विद्यालय नजिकै हेलिप्याड बनाइएको छ ।

शिक्षाको कमि

तेम्बाथान, तेगा, साङ्लुङ र दिपु गाउँ विकट । यी गाउँको पेसा याक ,चौँरी र गाई नै पाल्ने हो । पितापुर्खादेखि गोठ पाल्ने चलन भएकाले लेकाली क्षेत्रका धेरैको पेसा नै गोठ पाल्नु हो । चौरी गोठमा भकारा सोर्ने, चौरी खेद्ने र वस्तुभाउको चाकरीमा व्यस्त रहन्छन् । केही समय अगाडि यहाँका अधिकांश बाललालिका चौरी गोठमै हुन्थे । दुई दिन पैदल दूरीका चौरी गोठ । त्यही भएर पनि अभिभावकले गोठ जहाँ लान्छन्, छोराछोरी पनि त्यहीं लैजाने चलन थियो ।

विद्यालयको अनुहारै नदेखेका बालबालिकाको दैनिकी यस्तैमा बित्थ्यो । परिवारमा पढाइभन्दा चौँरीगोठ प्यारो भन्ने मान्यताले पनि उनीहरू शिक्षाबाट टाढा भए । तर, अहिले बालबालिकाहरू गोठ नभई विधालय जान थालेका छन् । कक्षा ६ सम्म पढाई हुने तेम्बाथानको आधारभुत विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या १०० छन् ।

गाउँका केटाकेटी खासै स्कुल नजाने चौँरी गोठमै भेटिन थालेपछि सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउनुस् भनि घरघरमा अभिभावकलाई सल्लाह सुझाब दिएसँगै विद्यार्थी नियमित जान थालेका हुन् । खाजा आफ्नै घरबाट ल्याउन लाएर सो खाजाको पैसा ४५ महिनामा एकै मुस्ट दिने गरेकाले विद्यालय आउने विद्यार्थीको संख्या बढ्न थालेको तेम्बाथान आधारभूत विद्यालयका प्रधानध्यापक युवराज शर्माले बताए । कक्षा कोठाको अभावले तीन कोठालाई जस्ताका पाताले बारेर छ कोठा बनाई कक्षा ६ सम्म सञ्चालन गरिएको छ । बेन्च, टेबल, कक्षा कोठा अभावले प्रशासन चलाउन नसकिएको उनले बताए । तेम्बाथानको विद्यालयलाई पालिकाले कुनै सहयोग नगरेकोमा शर्माको गुनासो छ ।

जस्ताले बारेको कोठामा पढाउँदा होहल्ला हुने, पढाएको नबुझ्ने, आफूले दिन खोजेको शिक्षा दिन नसकेको शिक्षक साङगे निमा शेर्पाले बताए । अहिलेसम्म अँग्रेजी र गणित विषयका किताब विद्यालयमा उपलब्ध छैन । साङ्लुङ, तेगा र दिपुका विद्यार्थी बर्खामा तेम्बाथानमा आफन्ताकोमा बसेर विद्यालय जान्छन् भने हिउँदमा २ घण्टाको बाटो हिँडेर विद्यालय जाने गरेका छन् ।

कक्षा ६ सम्म अध्यापन हुने भएकाले माथिल्लो कक्षा पढ्न टाढा जानुपर्दा गाउँमा पढाइप्रति आकर्षण घट्ने होकि भन्ने चिन्ता विद्यालय व्यवस्थापन अध्यक्ष लाक्पा शेर्पाको चिन्ता छ । बिजुली नभएकै कारण पनि पढ्ने उमेरका बालबालिका र बिरामी बढी प्रभावित हुन पुगेका हुन् । सामान्य अक्षर चिन्न सक्ने र अलिअलि काम गर्न सक्ने भएपछि वैदेशिक रोजगारको बाटो खोज्छन् ।

सडकको पहुँच नहुँदा समस्या, १२ हजार भत्ता लिन ७ हजार खर्च

तेम्बाथान , दिपु र तेगाका प्रत्येक ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्तलगायत सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न एक दिनको पैदल हिँडेर वडा कार्यलय धाउनुपर्ने बाध्यता छ । बर्खामा जोखिम मोलेरै हिँडिरहेकाछन् ।

ज्येष्ठ नागरीकलाई १२ हजार सामाजिक सुरक्षा भत्ता लिन ७ हजारसम्म खर्चगर्नुपर्ने बाध्यता छ । यहाँका जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि २ दिन पैदल हिँडेर जुगलको डाडे बजार पुग्छन् । त्रैमासिक रुपमा सरकारले दिने १२ हजार भत्ता लिन जाँदा ७ हजार रकम त खाना, खाजा र बास बसेकै ठाउँमा खर्च गर्नुपर्ने अवस्था रहेको जेष्ठ नागरिक फुर्वा शेर्पाको गुनासो छ ।

भत्ता लिन जाँदा र फर्कंदा ४ दिनको पैदल यात्रा गर्नुपर्दा बुढेसकालको शरीर थाकेर बिरामी नै हुने अवस्था आएको उनको गुनासो छ । ज्येष्ठ नागरिक र अशक्तहरूले सरकारले प्रत्यक तीन तीन महिनामा दिने भत्ता लिन व्यहोर्नुपरेको सास्तीबारे जानकार रहेको जुगल ३ का वडा अध्यक्ष लक्ष्मण दोङ बताउँछन् । बैंकसँग छलफल चलाउने र कार्यपालिका बैठकमा यो विषयमा कुरा उठाएको अध्यक्ष दोङले बताए ।

न त बिजुली न ईन्टरनेट

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा तेम्बाथान, दिपु र तेगा गाउँमा अहिलेसम्म पनि नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनसमेत जोडिएको छैन । न इन्टरनेट चल्छ । सोलारकै भर छ । धेरैजसो परिवारले रातको समयमा उज्यालोको लागि टुकी बत्तीकै भर पर्नुपर्ने बाध्यता छ । केही हुनेखाने परिवारले सोलार जडान गरेका छन् ।

विकट गाउँको बसाइ, त्यसमा पनि प्रविधिको पहुँचमा नहुँदा धेरै सरकारी सेवासुविधाबाट पनि टाढा हुनपरेको र समयमा सूचना पनि प्राप्त नहुँदा समस्यामा पर्ने गरिएको छ ।

आफन्तसगँ फोनमार्फत कुरा गर्न उनीहरु अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ । तेम्बाथाङ , तेगा र दिपुमा घाम लाग्दा मात्रै टावर आउने गर्छ । स्थानीयवासीहरु महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै घाम लाग्ने बितिकै डाडामा निस्किने गरेका छन् ।

स्थानिय लाक्पा शेर्पा भन्छन् , ’विकट गाउँको बसाइ, त्यसमा पनि प्रविधिको पहुँचमा नहुँदा धेरै सरकारी सेवासुविधाबाट पनि टाढा हुनपरेको र समयमा सूचना पनि प्राप्त नहुँदा समस्यामा पर्ने गरिएको छ ।’

यो पनि…
ल्हाक्याप भीरमा ‘फलामे गोरेटो’ (फोटो फिचर)
पर्यटन प्रवर्द्धन लागि सिन्धुपाल्चोकमा ट्रेल रेस हुँदै



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।