English

पहिलो फिल्ममा कसको कति पारिश्रमिक ?



हालैको एक अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले आफूले पहिलो फिल्ममा १५ लाख पारिश्रमिक बुझेको बताएकी थिइन् । १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट करियर सुरुवात गरेकी थिइन् । उनले खर्च गर्नुको सट्टा आफ्नो पहिलो कमाई आमालाई दिएकी थिइन् ।

आलिया जस्तै बलिउडमा यस्ता धेरै सेलिब्रेटी छन्, जो आज फिल्मका लागि करोडौं पारिश्रमिक बुझ्छन् । तर, तपाईंहरुलाई थाहा छ, उनीहरुले आफ्नो पहिलो फिल्मका लागि कति पारिश्रमिक लिएका थिए ?

सलमान खान

सलमान खानले लिड एक्टरका रुपमा फिल्म ‘मैने प्यार किया’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मका लागि उनले ७५ हजार पारिश्रमिक लिएका थिए । उनले यसअघि फिल्म ‘बीबी हो तो ऐसी’ मा सहायक चरित्रमा अभिनय गरेका थिए । यो फिल्मका लागि उनले ११ हजार पारिश्रमिक लिएका थिए । भाग्यश्रीलाई यो फिल्ममा सलमानभन्दा बढी पारिश्रमिक दिइएको थियो ।

शाहरुख खान

सन् १९९२ मा रिलिज फिल्म ‘दीवाना’बाट शाहरुखले अभिनय करियर सुरुवात गरेका थिए । पहिलो फिल्ममा शाहरुखले ४ लाख पारिश्रमिक बुझेका थिए । यो फिल्मका लागि उनले फिल्मफेयर अवार्ड पनि जितेका थिए ।

अक्षय कुमार

अक्षयले लिड एक्टरका रुपमा पहिलोपटक फिल्म ‘सौगन्ध’बाट यात्रा सुरु गरेका थिए । यो फिल्ममा उनले शिव कृपलानीको भूमिका निर्वाह गरेका थिए । यो भूमिकाका लागि उनले ५१ हजार पारिश्रमिक लिएका थिए ।

आमिर खान

सन् १९८८ मा रिलिज फिल्म ‘कयामत से कयामत तक’बाट आमिरले अभिनय करियरको सुरुवात गरेका थिए । उनले पहिलो फिल्मका लागि ११ हजार पारिश्रमिक लिएका थिए ।

अमिताभ बच्चन

आजभन्दा ५० वर्ष अघि अमिताभ बच्चनले फिल्म ‘सात हिन्दुस्तानी’बाट डेब्यू गरेका थिए । यो फिल्म सन् १९६९ मा रिलिज भएको थियो । यो फिल्मका लागि उनले ५ हजार पारिश्रमिक बुझेका थिए ।

दीपिका पादुकोण

अभिनेत्री दीपिकाले सन् २००७ मा रिलिज फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । यो फिल्म ब्लकबस्टर हिट साबित भएको थियो । यो फिल्मका लागि उनले एक रुपैयाँ पनि पारिश्रमिक लिएकी थिइनन् ।

शाहिद कपूर

शाहिदले सन् २००३ मा रिलिज फिल्म ‘इश्क विश्क’बाट अभिनय करियर सुरुवात गरेकी थिइन् । यो रोमान्टिक कमेडी फिल्मका लागि उनले १ लाख ५० हजार पारिश्रमिक लिएका थिए ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्