English

ग्याब्रियलको कस्टमर मिट सम्पन्न



एसडीआई अटोमोबाइल्स प्रालिले शनिबार ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । यो कम्पनी ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक हो । काठमाडौँमा सम्पन्न उक्त कार्यक्रममा देशभरका रिटेल व्यवसायीहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै ग्याब्रियल इन्डिया लिमिटेडका सीओओ अमिताभ श्रीवास्तवले नेपाली बजारमा हाल उपलब्ध ग्याब्रियलका उत्पादनको बिक्री आगामी दुई वर्ष पश्चात् तेब्बर बनाउने लक्ष्य रहेको बताएका छन् । आगामी दिनमा ग्राहकका लागि थप गुणस्तरीय सामाग्री उपलब्ध गराउने उनले बताए ।

ग्याब्रियल इन्डियाका जनरल म्यानेजर एसके रमनले नेपालमा ग्याब्रियलका स्पेयर पार्ट्स आगामी दिनमा अझै प्रयोगमा आउने र यसका लागि कम्पनीले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एसडीआई अटोमोबाइल्सका चेयरम्यान दीपेन्द्र मिश्र र डाइरेक्टर सञ्जीव हमालले सबै रिटेलरहरुलाई स्वागत गर्दै आगामी दिनमा एक अर्कामा सहयोग कायमै रहने विश्वास व्यक्त गरे ।

नेपाली बजारमा ग्याब्रियलका सक एब्जर्बर, फ्रन्ट फोर्क्स, इनर ट्युब, फ्रन्ट फोर्क्स आयल, आयल सिल, एफएफ स्प्रिङ, बुस्किट, ओसी स्प्रिङ, ह्विल रिम, ब्रेक फ्लुइड आदि उपलब्ध छन् ।

विश्वमा यो कम्पनी हाल आठौँ नम्बरमा रहेको छ । आगामी ३ वर्ष भित्र पाँचौँ नम्बरमा रहने योजना छ । सीओओ श्रीवास्तवले भने, ‘यद्यपि यो निकै नै कठिन कार्य हो । यसका लागि सबैको सहयोग आवश्यक हुन्छ ।’ ग्याब्रियलले यो वर्ष ३ हजार करोडको व्यापार गर्ने योजना बनाएको छ ।

अस्ट्रेलिया, साउथ इस्ट एसिया, एसिया, युरोप, मिडिल इष्ट, अफ्रिका, नर्थ अमेरिका र साउथ अमेरिकामा ग्याब्रियलका सक एब्जर्बर उपलब्ध छन् । ग्याब्रियलले विभिन्न प्रकारका प्रतिष्ठित अवार्ड समेत प्राप्त गरेको छ ।

यो पनि…
अटोमोबाइल: आत्मनिर्भर बनाउने व्यवस्थित तुल्याउने (भिडियोसहित)
सबै गाडी एकैठाउँ भेला, सुरु हुँदै अटो कुम्भमेला



सम्बन्धित खबरहरु

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना