English

एनआईसी एशिया ‘१० गुणा सर्वश्रेष्ठ मुद्दती योजना’ मा १ करोड रुपैयाँसम्म प्राप्त गर्न सकिने



एनआईसी एशिया बैंकले ‘१० गुणा सर्वश्रेष्ठ मुद्दती योजना’ अन्तर्गत विभिन्न योजना ल्याएको छ । दीर्घकालीन बचत योजनामा रहेका र उच्च प्रतिफल खोजिरहेकालाई एनआइसी एशिया बैंकले सार्वजनिक गरेको उक्त योजना सबैभन्दा उपयुक्त हुने बताइएको छ।

यो योजनामा १० गुणासम्म प्रतिफल सतप्रतिशत ग्यारेन्टी गरिएको छ । त्यसको साथमा ग्राहकलाई थप फाइदा दिने उद्देश्यले बैंकले ५ वर्ष अवधिका लागि रू. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू समेत दिने योजना बनाएको छ।

साथमा, ५ लाख रुपैयाँसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा र निक्षेप तथा पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशतसम्म कर्जा सुविधा यस योजनाका मुख्य आकर्षण रहेको बताइएको छ।

यो योजना अनुसार ६ वर्षमा दोब्बर मात्र दिने नभइ अझ लामो समय राख्न चाहनेले बचतको १० गुणासम्म रकम वृद्धि गर्ने अवसर यस योजनामा उपलब्ध छ।

दीर्घकालीन बचत गर्ने ग्राहकलाई उच्च प्रतिफल दिन यो योजना ल्याएको र आफूसँग भएको रकमलाई दीर्घकालीन बचत गर्न चाहने हरुका लागि नेपालकै हालसम्मको सबैभन्दा सर्वश्रेष्ठ योजना रहेको एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।

सहि योजना छान्न जान्ने हो भने कुनै पनि जोखिम नलिइकन उच्च प्रतिफल पाउने ग्यारेन्टी रहेको न्यौपाने बताउछन् । बैंकको १० गुणा योजनामा यस्तै ग्यारेन्टी छ र यो नेपालको वित्तीय क्षेत्रमै नभएको योजना रहेको बताइएको छ।

यो योजना ल्याउनुअघि बैंकले बजारमा उपलब्ध भएका गुणात्मक वृद्धि गर्ने विभिन्न योजनालाई सुक्ष्म रुपमा अध्ययन गरेको थियो। उनीहरूले दिने प्रतिफललाई अध्ययन गरेर त्यो भन्दा धेरै प्रतिफल दिन बैंकले यो योजना ल्याएको बैंकले जनाएको छ।

बैंकले व्यक्तिगत, संस्थागत र रेमिटेन्स पठाउनेहरूका लागि भनेर छुट्टाछुट्टै योजना ल्याएको छ । व्यक्तिगत योजना अनुसार ग्राहकले मुद्दती खातामा राखेको निक्षेप ६ वर्ष ३ महिना १२ दिनमा दोब्बर पाउँछन् ।

त्यस्तै, ९ वर्ष ११ महिना १६ दिनसम्मलाई आफ्नो निक्षेपलाई मुद्दतीमा राख्ने हो भने तीन गुणासम्म वृद्धि हुन्छ भने मुद्दतीमा राखेको निक्षेपलाई ४ गुणासम्म वृद्धि गर्न १२ वर्ष ६ महिना २२ दिन लाग्ने छ ।

यसैगरी, १४ वर्ष ७ महिनामा ग्राहकको निक्षेप ५ गुणाले वृद्धि हुन्छ । यसको अर्थ हो अहिले १० लाख रुपैयाँ राखेको छ भने करिब १५ वर्षपछि ५० लाख रुपैयाँ प्राप्त गर्न सकिन्छ। यही रकम १६ वर्ष २ महिना २५ दिनसम्म राख्ने हो भने ६ गुणासम्म वृद्धि हुन्छ ।

त्यसैगरी, १७ वर्ष ७ महिना १७ दिनमा ७ गुणासम्म, १८ वर्ष १० महिना ४ दिनमा ८ गुणासम्म, १९ वर्ष ११ महिनामा ९ गुणासम्म र २० वर्ष १० महिना १२ दिनमा १० गुणासम्म निक्षेप वृद्धि हुन्छ।

कुनै ग्राहकले १० गुणासम्म वृद्धि हुने योजनामा १० लाख रुपैयाँ निक्षेप राख्ने हो भने २० वर्ष १० महिना र १२ दिनमा १ करोड रुपैयाँ प्राप्त गर्नेछन्।

यो पनि…
यी हुन् एक अर्बदेखि पाँच अर्ब कमाउने बैंक
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार