English

गायिका दुलाल सिन्धुपाल्चोक सेवा समाज युएईद्वारा सम्मानित



लोकगायिका सुनिता दुलाल दुबईमा सम्मानित भएकी छन् । ड्रिमहाइ नेपालले आयोजना गरेको ‘नेपाल इभ टुरिज्म टुर दुबई’ का लागि त्यहाँ पुगेकी गायिका दुलाललाई ‘सिन्धुपाल्चोक सेवा समाज युएई’ले सम्मान गरेको हो ।

समाजका सल्लाहकार जे. सागर, अध्यक्ष मनोज नेपाल, उपाध्यक्ष दीपक राउतलगायत दुबईमा रहेका सिन्धुवासीको उपस्थितिमा दुलाललाई आइतबार पुष्पगुच्छा, खाँडा र सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा समाजका अध्यक्ष मनोज नेपाल, र सल्लाहकार जे. सागरले सिन्धुपाल्चोकको माटोमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाउन सफल भएकोमा गायिका दुलाललाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै गायिका दुलालले सांगीतिक यात्राको क्रममा आफू धेरै देशहरूमा घुमीसके पनि आफ्नो जिल्लाको तर्फबाट पहिलोपटक यसरी सम्मानित हुन पाउँदा खुसी व्यक्त गरिन् । साथै उनले दुबईमा रहेका सर्जकहरूलाई सांगीतिक यात्राका दौंरान कुनै सहयोग परे आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

यो पनि…
पर्यटन प्रर्वद्धनका लागि दुबईमा सांस्कृतिक कार्यक्रम
सुनिता दुलालको तीज गीत ‘स्वामीकी प्यारी’ सार्वजनिक



सम्बन्धित खबरहरु

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

Latest










Popular
Suggested