पशुपति आर्यघाटमा प्रदीप गिरिको अन्त्येष्टि (फोटो फिचर)
नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार राति निधन भएका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको छ । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरुप गिरि राजनीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो ।

उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एमाले अध्यक्ष केपी शर्मा, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्र्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए ।

पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।










यो पनि…
प्रदीप गिरिको अन्तिम बिदाइ गर्दै नेताहरु (फोटो फिचर)
वरिष्ठ कलाकार लामाको निधनबारे अनुसन्धान भइरहेको छ : प्रहरी