English

सानु र निमाको भव्य स्वागत



दोहार्याएर विश्वकै १४ सर्वोच्च शिखरको सफल आरोहण गर्ने पहिलो व्यक्ति बनेका सानु शेर्पा र विश्वका सबैभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गर्ने निमा ग्याल्जेन शेर्पालाई शनिबार भव्य स्वागत तथा सम्मान गरिएको छ ।

शनिबार पाकिस्तानबाट नेपाल फर्किएका सानुलाई नेपाल पर्वतारोहण संघ (एनएमए), माउन्टेन गाइड एशोसिएशन अफ नेपाल (मोगान), संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, पर्वतारोही र पर्यटन व्यवसायीहरूले विमानस्थल पुगेर उनको स्वागत गरेका हुन्। भने शुक्रबार बिहान नेपाल आइपुगेका निमालाई डोल्मा आउटडोर एक्सपिडिसन प्राइभेट लिमिटेड तथा रोल्वालिङ एभरेष्ट समिटर्स क्लब लगायतका विभिन्न सङ्घसंस्थाले शुक्रबार नै स्वागत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे पश्चात शेर्पाद्वयलाई र्‍यालीसहित तिनकुने बानेश्वर, थापाथली, माइतीघर, भद्रकालीर सुन्धारा, कान्तिपथ हुँदै त्रिदेवीमार्ग सञ्चयकोष ठमेलबाट परिक्रमा गरी दरबारमार्ग, घण्टाघर हुँदै भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको प्राङ्गणमा भव्य स्वागत गरिएको थियो । साथै आरोही शेर्पा द्वयलाई लाई प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार नै बालुवाटारस्थित निवासमा बोलाएर स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

सानु शेर्पाले जुलाई २१ को बिहान पाकिस्तानी समयअनुसार ८ बजेर १७ मिनेटमा विश्वको तेह्रौं अग्लो तथा ८,०३५ मिटर उचाईको गसेरब्रुम–२ हिमालको सफल आरोहण गरेसँगै विश्वका १४ अग्ला हिमालहरूको दोहोर्‍याएर सफल आरोहण पूरा गरेका हुन्।

त्यस्तै, दोलखा जिल्ला, गौरीशंकर गाउँपालिका, रोल्वालिङ गाउँका निमा ग्याल्जेन शेर्पाले अगष्ट ११ को बिहान ९ बजे पाकिस्तान स्थित गेशरबुम–१ (जि १) हिमालको सफल आरोहण गरेसँगै विश्वका सबैभन्दा अग्ला १४ हिमालहरुको आरोहण गर्ने दोलखा जिल्लाकै प्रथम आरोही भएका हुन् ।

यो पनि…
१४ हिमाल आरोही
१४ हिमाल आरोही निमाको भव्य स्वागत



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।