English

देशभर ४५५ कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार चार हजार ८ सय २९ परीक्षण गर्दा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ३ सय ८ पीसीआर परीक्षणमा ३ सय ५ र दुई हजार ५ सय २१ एन्टिजेन परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ३ सय २ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच हजार ४ सय ३५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार ५ हजार २ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ८९ जना संस्थागत आइसोलेसन र ६५ जना आईसीयूमा छन् ।

हाल नेपालमा दुई जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ । 

यो पनि
संक्रमणको चौथो लहरको संकेत
यी १७ स्थानमा कोरोनाको उपचार निःशुल्क



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested