English

डेब्यु खेलमै दुई गोल गरेकी दीपा प्लेयर अफ दी म्याच



नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा पहिलो जित निकालेको छ ।

पहिलो जित निकाल्ने क्रममा दीपाले महत्त्वपूर्ण दुई गोल गरेपछि डन बस्कोले इमिरेट्स सकर क्लबलाई ५–२ ले हराएको थियो ।

नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा पहिलो खेलमा भने उपलब्ध भएकी थिइन् । दोस्रो खेलमा उपलब्ध भएकी दीपाले पहिलो एघारमै पूरा समय मैदान बिताइन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी दीपा प्लेयर अफ दी म्याच घोषित भइन् ।

दीपाले पहिलो खेल राम्रो भएको र अन्य खेलमा समेत मेहनत गर्ने बताइन् । ‘डेब्यु खेलमै प्लेयर अफ दि म्याच भए । निकै खुसी छु । आगामी खेलमा मेहनत गर्दै सत प्रतिशत नतिजाको लागि खेल्छौ दीपाले भनिन् ।

इमिरेट्सले खेलमा अग्रता बनाएपनी जोगाउन सकेन । बस्कोको जितमा दीपा सहित प्रेस्माले दुई गोल गरिन् । यस्तै, पुष्पाले अर्को गोल थपिन् । इमिरेट्सको लागि अनिथा र अल्फोन्सियाले एक एक गोल गरे ।

यस संगै बस्कोले दुई खेलबाट तीन अंक जोडेको छ ।

यो पनि…
आई लिग छनोट खेल्न दीपा न्यौपाने भारत प्रस्थान
गर्ला त एन्फाले अब्दुल्लाहको बर्खास्ती ?



सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले