English

पशुपतिमा जे देखियो (फोटो फिचर)



प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहान सबेरै उठी पवित्र नदी, तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ।

आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।

यो पनि…
जनैपूर्णिमामा जनै लगाउनु र क्वाँटी खानुको यस्तो छ महत्व
रक्षाबन्धनको अघिल्लो दिन (फोटो फिचर)



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा