English

कतार विश्वकप अब एकदिन अगाडि नै !



कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ ।

सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि गृहकार्य सुरु गरेको छ । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी थालिएको फिफाले जनाएको छ।

जसअनुुसार यस अघि नोभेम्बर २१ बाट सुरु हुने तय भएको विश्वकप अब नोभेम्बर २० बाटै सुरु हुनेछ। सो निर्णय सँगै उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्नेछ। यसअघि तेस्रो खेलका रुपमा तय गरिएको घरेलु टोली कतार र इक्वेडरबीचको खेललाई उद्घाटनका दिन खेलाउन लागिएको हो।

यसअघि उद्घाटन खेलमा सेनेगल र नेदरल्यान्डबीच प्रतिस्पर्धा हुने तय भएको थियो।

तर, खेल तालिका हेरफेरका लागि फिफा काउन्सिल ब्युरोबाट अनुमोदन भने अनिवार्य रुपमा हुनुपर्नेछ, जुन खेल तालिका हेरफेर गर्नका लागि भोटिङमा जानुपर्नेछ । सो भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित ६ महादेशका अध्यक्षहरूले मतदान गर्ने छन्। ​

कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो।

यो पनि…
बंगलादेश र भारत फाइनलमा
यु–२० नेपाली फुटबल टोली आज स्वदेश फर्कदै



सम्बन्धित खबरहरु

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र प्रमुख प्रायोजक

राष्ट्रिय खेलकुद परिषद्ले भर्खरै खोलिएको खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र राष्ट्रिय उच्च प्रदर्शन केन्द्रमा #Rhinos को फिटनेस परीक्षण र

भारतमा भएको एमएफएन म्याट्रिक्स फाइट नाइट १७ को उपाधी नेपालका रवीन्द्र ढाटले भारतीय फाइटर चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप

Latest










Popular
Suggested