English

भारतलाई आठौंपटक एसिया कप जिताउन सक्ने यी खेलाडी



एसिया कप २०२२ का लागि भारतीय टोली तयारीमा जुटेको छ। यसका लागि चयनकर्ताले भारतीय टीमको घोषणा गरेका छन्। एसिया कप २७ अगस्टबाट सुरु हुँदैछ। भारत समूह ‘ए’ मा छ। समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन्। कुवेत, हङकङ, सिंगापुर र युएइमध्ये एक टोली यस समूहमा रहने छन्।

प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन्। एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो।समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ। टी(ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन्।

सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ। प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच २७ अगस्टमा प्रतिस्पर्धा हुनेछ। रोहित शर्माको कप्तानीमा भारत आठौंपटक एसिया कपको उपाधि जित्न चाहन्छ। भारतीय टीममा उत्कृष्ट खेलाडीहरू छन्। तीमध्ये यहाँ भारतलाई एसिया कप जिताउन सक्ने तीन खेलाडीको बारेमा चर्चा गर्दैछौं।

ऋषभ पन्त

ऋषभ पन्त अहिले तीनै प्रारूपको क्रिकेटमा भारतीय टोलीका लागि नम्बर एक विकेटकिपर ब्याट्सम्यान हुन्। यसपटकको एसिया कप टी–२० फर्म्याटमा खेलाइनेछ। पछिल्ला केही वर्षमा पन्तले आफ्नो ब्याटिङमा धेरै सुधार गरेका छन्।

जब भारतीय टीम अप्ठ्यारो परिस्थितिमा पुग्छ, तब पन्त ढाल बनेर उभिन्छन्। पन्तको एक हातले छक्का प्रहार गर्ने तरिका लोकप्रिय छ। उनको विकेटकिपिङ कौशल पनि अचम्मको छ। पन्तले भारतका लागि ५४ टी–२० खेलमा ८८३ रन बनाएका छन्। एसिया कपमा कप्तान रोहित शर्माले उनीबाट धमाकेदार खेलको अपेक्षा गरेका छन्।

सूर्यकुमार यादव

सूर्यकुमार यादवले सन् २०२१ मा भारतीय टोलीबाट डेब्यु गरेका थिए। त्यसबेलादेखि उनी उत्कृष्ट प्रदर्शन गरेर भारतीय टोलीका लागि मध्यक्रममा बलियो कडी बनेका छन्। उनले इंग्ल्यान्ड र वेस्ट इन्डिज भ्रमणमा आफ्नो खेलबाट सबैको मन जितेका छन्। उनले इङ्ल्यान्डविरुद्ध टी–२० क्रिकेटमा शतक बनाएका थिए। सूर्यकुमारलाई भारतका ‘एबी डिभिलियर्स’ भनिन्छ। उनी मैदानको चारैतिर स्ट्रोक बनाउन माहिर छन्। सूर्यकुमारले भारतका लागि २३ टी–२० खेलमा ६७२ रन बनाएका छन्।

दीपक हुड्डा

दीपक हुड्डाले आयरल्यान्डविरुद्ध शतक प्रहार गर्दै भारतीय टीममा आफ्नो स्थान पक्का गरेका थिए। उनी क्रिजमा टिकेर ब्याटिङ गर्न माहिर छन्। उनीसँग हारेका खेल जिताउने क्षमता छ। ब्याटिङका अलावा हुड्डा बलिङमा पनि टोलीका लागि योगदान दिन सक्छन्। उनको स्पिन बलको सामु ब्याट्सम्यानलाई टिक्न निकै समस्या हुन्छ। हुड्डाले भारतका लागि नौ टी-२० खेलमा २७४ रन बनाएका छन्। जसमा एक शतक पनि समावेश छ।

यो पनि
भारतीय क्रिकेटर : जो बने रोडदेखि करोडपतिसम्म
टी–ट्वान्टीमा नेपालको वरीयता खस्कियो



सम्बन्धित खबरहरु

काठमाडौः राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजना पारा पौडी खेलाडीहरुलाई तालिम संचालन भएको छ । जापानबाट स्पोट्र्स फर टुमारो का

काठमाडौँ, नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै नै प्रतिक्षा गरिएको इभि इ–

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

Latest










Popular
Suggested