English

दुर्गेश थापाका ५ अनौठा फ्यान



सेलिब्रेटी कलाकारका लाखौं फ्यान अर्थात प्रशंसक हुन्छन् । तर केही भने अचम्मकै हुन्छन् । जब फ्यानले आफ्नो सिमा नाघेर उट्पट्याङ काम गर्छन्, त्यसले स्वयम् सेलिब्रेटीहरू पनि कहिलेकाहीँ अप्ठ्यारोमा पर्छन् ।

लोकप्रिय गायक दुर्गेश थापालाई नचिन्ने सायद कमै होलान् । उनको फ्यान फलोइङ पनि धेरै छ । आफ्ना अनौठा ५ फ्यानलाई उनी यसरी सम्झन्छन् ।

५.खाना खान र स्कुल जान नमान्ने

मेरो एक बच्चा फ्यान यस्ता पनि थिए, जसले मलाई नभेटेसम्म खाना पनि नखाने र स्कुल पनि नजाने अड्डी लिन्थे । त्यसपछि उनको आमा–बुवाले मलाई फोन गरेर बोलाएका थिए । ४ वर्ष अघि म उनलाई भेट्न कैलाली पुगेको थिएँ । मैले उनलाई भेट्नु अघि उनी पास मात्र हुन्थे तर मलाई भेटेपछि उनी पढाईमा पनि ध्यान दिइरहेको जानकारी उनको बाबाले गराएका थिए । अहिले उनी स्कुलमा पहिला, दोस्रा भइरहेका छन् ।

४.फोटो खिच्ने बहानामा चुम्बन

बर्दियाको राजापुर भन्ने ठाउँको एक महिला फ्यानले फोटो खिच्ने निहुँमा मलाई चुम्बन गरेकी थिइन् । उनले फोटो खिच्नको लागि मलाई निहुरिन अनुरोध गरेर चुम्बन गरेकी थिइन् ।

३. प्रहरीको लाठी चार्ज बेवास्ता

करिब ४ वर्ष अघि धनगढीमा भएको महोत्सवमा मेरो एक महिला फ्यानले मसँग फोटो खिच्न प्रहरीको लाठी चार्जलाई पनि बेवास्ता गर्दै स्टेजसम्म आइपुगेकी थिइन् । प्रहरीहरूले रोक्दा पनि उनले आफ्नो फोटो खिच्ने इच्छा पुरा गरेकी थिइन् ।

२.परीक्षा नै छोड्ने फ्यान

मेरो एक जना यस्तो फ्यान पनि थिइन्, जसले मलाई भेट्न आफ्नो एसएलसी परीक्षा नै छाडेर आएकी थिइन् ।

१. अहिले मसँगै बस्ने फ्यान

म धनगढी महोत्सवमा जाँदा फोटो खिचेका एक फ्यानले मसँग खिचेको फोटो फेसबुकमा प्रोफाइल पिक्चर बनाएका थिए, जुन फोटो उनले ४ वर्षसम्म फेरेका थिएनन् । मलाई भेटेपछि मात्र उनले त्यो फोटो हटाएका थिए । ती ५ वर्ष अघिको मेरो फ्यान अहिले मसँगै बस्छन् । मसँगै बसेर पढ्छन् उनी । मेरो त्यस फ्यानको नाम रोशन ऐर, हो जोसँग मिलेर मैले ‘आमा’ गीत रेकर्ड गरिसकेको छु ।

पहिले पहिले प्रेम प्रस्ताव राख्ने फ्यानहरू पनि थिए तर अहिले विवाहपछि भने प्रेम प्रस्ताव राख्ने फ्यानहरू कम छन् ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested