English

गत साता घटेको सेयर बजार यो साता के होला ?



गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २७ अंक घटेर बन्द भयो ।

अघिल्लो साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से गत साता २६.८४ अंक घटेर २११३.५५ विन्दुमा बन्द भएको हो । साताको ६ कारोबार दिनमध्ये चार कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको थियो ।

गत साता पहिलो दुई कारोबार दिन नेप्से उकालो लागेको थियो भने बाँकी चार दिन ओरालो लागेको थियो । गत साता नेप्सेको पाँच दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ । यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी बढेको र सो दिन बजारमा बिक्री चाप बढेको संकेत गर्दछ ।

नेप्से ओरालो लागे पनि गत साता भोल्यूम भने बढेको छ । गत साता नेप्सेमा दैनिक औसतमा तीन अर्ब ८३ करोडको सेयर कारोबार भएको छ । यससँगै नेप्सेको २० दिने औसत भोल्यूम दुई खर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

१३ उपसमूहमध्ये गत साता ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी सात उपसमूहको परिसूचक घटेको छ । गत साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.७२ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.६९ प्रतिशत घटेको छ ।

नेप्सेजस्तै यस उपसमूहको पाँच दिने इएमए पनि २० दिने इएमएभन्दा माथि छ । साताको अन्तिम कारोबार दिन यस उपसमूहले बियरिस मैनबत्ती बनाएको छ । जसले सो दिन बजारमा बिक्रीकर्ताहरूको चाप बढेको संकेत गर्दछ ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested