English

यु २० साफको उपाधि भारतलाई



गुरकिरत सिंहको चार गोलप्रेरित आयोजक भारतले यु २० साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार राति भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको फाइनलमा भारतले बंगलादेशलाई ५–२ ले पराजित गर्दै उपाधि जितेको हो ।

भारतको जितमा गुरकिरतले चार गोल गर्दा अर्को एक गोल हिमान्सु जङ्ग्राले गरे । खेलको निर्धारित समय भने २–२ को बराबरीमा टुङ्गिएको थियो । त्यसपछि अतिरिक्त समयमा भारतले तीन गोल थप्दै उपाधि सुनिश्चित गर्यो ।

खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

बंगलादेशका गोलकिपर मोहम्मद आसिफले भारतका गुरकिरत सिंहलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा गुरकिरत आफैले कुनै गल्ति गरेनन् ।

तर, हाफ टाइमका लागि अन्तिम मिनेट बाँकी रहँदा मोहम्मद राजोनले गोल गर्दै बंगालादेशलाई खेलमा फर्काएका थिए ।

४८औं मिनेटमा साहिन मियाँले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६१औं मिनेटमा भारतका गुरकिरतले नै गोल गर्दै घरेलु टिमलाई बराबरीमा फर्काएका थिए । यसपछि खेलको ९२औं मिनेटमा भारतका हिमान्सुले पुनः अग्रता दिलाएका थिए ।

त्यसको एक मिनेटपछि गुरकिरतले ह्याट्रिक गर्दै घरेलु टिमको अग्रता अझ फराकिलो पारे । खेलको ९९औं मिनेटमा गुरकिरतले नै व्यक्तिगत चौथो तथा टिमका लागि गोल गरे ।

यसअघि भारत लिग चरणमा बंगादेशसँग २–१ ले पराजित भएको थियो । भारतले प्रतियोगिताका पाँच खेलमध्ये चार खेलमा जित निकाल्यो ।

यो पनि…
बंगलादेश र भारत फाइनलमा
यु–२० नेपाली फुटबल टोली आज स्वदेश फर्कदै



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

काठमाडौं, भदौ १९ : केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ

प्रहरी महानिरीक्षक श्री चन्द्र कुबेर खापुङ्गज्यू दर्ज्यानी चिन्हबाट सुशोभितनेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भाद्र १३ गतेको निर्णय अनुसार प्रहरी महानिरीक्षक पदमा

१ सेप्टेम्बर, २०२५: धनुषाका १७ वर्षीय अभियन्ता तथा सामग्री निर्माता श्री कृष यादव लाई ‘गोलछा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन

Latest










Popular
Suggested