English

वर्षामा यसरी गर्नुहोस् कपालको हेरचाह



पानी पर्ने मौसम सुरु भएसँगै तपाईंको कपालको हेरचाहमा अलि बढी समय छुट्याउनु पर्ने हुन्छ । पानी पर्ने मौसममा कपाल झर्ने समस्या सुरु हुन थाल्छ । कपाल चिल्लो हुने, चाँया पर्ने जस्ता समस्या पनि देखा पर्न थाल्छ । यस्तो अवस्थामा कपालको हेरचाह कसरी गर्ने र यसलाई चम्किलो र नरम कसरी बनाउने भन्ने विषयको बारेमा आज हामी कुरा गर्छौ ।

चाँया र कपाल झर्ने समस्या कसरी कम गर्ने ?

वर्षातको मौसममा माइल्ड स्क्याल्प ट्रिटमेन्ट स्याम्पुको प्रयोग गर्नुपर्छ । यस्तो स्याम्पुले कपालबाट फोहोर र अतिरिक्त तेल निकाल्ने काम गर्छ, यसले कपालमा चाँया पनि कम गर्छ । कपाल नुहाए पछि कपालमा कन्डिस्नरको प्रयोग गर्नुपर्छ, यसले कपाल नरम बनाउँछ । यसरी पनि कपाल झर्ने समस्या कम भएन भने स्पा तथा कपालको ट्रिटमेन्ट गरेर पनि कपाललाई स्वस्थ बनाउन सकिन्छ ।

वर्षातको मौसममा कपाललाई हेरचाह गर्ने केही टिप्स

– कपालमा स्क्याल्प ट्रिटमेन्ट स्याम्पुको प्रयोग गर्नुहोस् ।
– कपालमा स्याम्पुको प्रयोग गर्नु अघि कपाल पानीले राम्ररी भिजेको छ कि छैन भनेर चेक गर्नुहोस् ।
– कपाल नुहाउन चिसो पानीको प्रयोग गर्नुहोस्, तातो पानीको प्रयोगले कपाललाई हानी गर्न सक्छ ।
– कपालमा स्याम्पु लगाउँदा हल्का हल्का मसाज गर्नुहोस्, औंलाहरूलाई सर्कुलर मोसनमा घुमाएर मसाज गर्नुहोस् ।
– कपालको स्याम्पु पखालेर कपालमा कन्डिसनर लगाउनुहोस् र त्यसलाई १० देखि १५ मिनेटपछि पखाल्नुहोस् ।
– कपाललाई प्रकृतिक रूपमा सुक्न दिनुहोस्, ड्रायरको प्रयोग नगर्नुहोस् ।
– कपाल नुहाई सकेपछि कपालमा सिरम लगाउनु होस् ।
– कपालमा कन्डिसनर लगाउन बिर्सनु भयो भने पनि सिरमको प्रयोग भने गर्न बिर्सनु हुँदैन ।
– कपाल कोर्दा मोटो दाँत भएको काँइयोको प्रयोग गर्नुपर्छ ।
– कपाल कोर्दा शुरुवात कपालको टुप्पोबाट गर्नुपर्छ र पछि जरा कोर्नुपर्छ । यसो गर्दा कपाल झर्न कम हुन्छ ।
– घरबाट बाहिर निस्कनु अघि कपाललाई राम्ररी छोपेर निस्कनु पर्छ, जस्ले गर्दा कपाल नभिजोस् ।
– वर्षातको पानीमा कपाल भिजेको छ भने त्यही दिन नुहाएर राम्ररी सुकाउनु पर्छ ।

माथिका कुरा ध्यानमा राख्नुभयो भने तपाईंको कपाल झर्ने र चाँया पर्ने समस्या कम भएर जान्छ र कपाल स्वस्थ तथा बलियो हुन्छ ।



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार