English

शहरमा सुरक्षित छैन चरा



भक्तपुरेन्सको सामाजिक सञ्जाल (फेसबुक) मा एउटा मन नै चिसो हुने खालको घटना निरन्तर भाइरल बनिरहेको छ हिजोआज, त्यो हो रुखमा रहेका थुप्रो बक्कुलाका अण्डा र बच्चाहरू मर्ने गरी रुख काटेको । नेपालकै पुरानो पदम मावि दरवार क्षेत्र भक्तपुरको कम्पाउण्डभित्र रहेका तीनवटा रुखहरू काट्दा ती रुखमा रहेका बक्कुलाका बचेरोहरु भुइँमै खसेर मरेका थिए ।

रुख काट्दा एक सयदेखि एक सय ५० वटा अण्डा फुटेका, बच्चा कोरल्ने बच्चा बसिसकेका एक सयदेखि दुई सय अण्डा फुटेका, भर्खरैका चल्लाहरू कम्तीमा १५ देखि २० वटा मरेका, पखेटा र भुवाहरू पलाउन थालेका भर्खरका बच्चाहरू २० देखि २५ वटा (त्यसमध्ये पाँंच दशवटा मरेका) दर्दनाक घटना विवरण भाइरल बनिरहेको हो ।

भक्तपुरेन्सको समूह फेसबुकका सञ्जयप्रसाद सुवालले राखेको पोष्टमा उनले ६१४ शब्दको दुःखद् घटना विवरण उल्लेख गरेका छन् । साथै उनले तस्बिर र भिडियोमा पनि पोष्ट गरेका छन् । यही घटनाको रोइकराई भाव अरुले पनि सामाजिक सञ्चालमा राखेका छन् । स्टाटसमा पोष्ट गर्नेहरुले घटना देखेपछि प्रतिवाद पनि गर्न पुगेको, तर रुख काटने ठेक्का पाएका मजदुरले कुनै वास्ता नगरेको घटना विवरण पनि राखेका छन् । उनीहरूका अनुसार चराको दिसाका कारण यो ठाउँंमा गन्हाएको र त्यही कारण स्थानीयको अनुरोधमा स्कुलले रुख काट्न लगाएको हो ।

पदम माविका प्रधानाध्यापक राम हाडाले पुरानो रुख भएका कारण काटेको जानकारी गराए । ‘स्कुलले नै मजदुर लगाएर तीनवटा रुख काट्न लगाएका हौं,’ उनले भने, ‘पुरानो भइसकेको थियो । पछि फेरि दुर्घटना होला भनेर काट्न लगाएका हौं । रुखसँंगै विद्युतको नांगो तारको हाइटेनसन लाइन भएको, रुखले त्यसलाई छोएकोलगायतका कारण दुर्घटनाबाट बच्न रुख काटेको उनले सुनाए । ‘यसबारे वडालाई जानकारी गराएका छौं,’ उनले दाबी गरे ।

स्कुल भक्तपुर नगरपालिका-३ मा पर्दछ । यस वडाका वडाअध्यक्ष राजकृष्ण गोराले घटनाबारे आफूलाई केही जानकारी नभएको बताए । वडा अध्यक्ष गोराले भने, ‘यसबारे मलाई केही थाहा छैन, स्कुलमै सोध्नुहोला ।’

बचेरो चराहरू रहेकै बेला उनीहरू मर्ने गरी रुख काटेकोमा धेरैको आलोचना थियो । एक दुई महिनापछि काटेको भए ती बचेराहरू सबै उडेर जान सक्ने हुन्थे र उनीहरूको ज्यान जोगिन्थ्यो, पोष्ट भएको फेसबुकमा धेरैको प्रतिक्रिया थियो । मानिसको जस्तै अन्य जीवित प्राणीको रुपमा रहेका चराहरूको पनि अधिकार रहे पनि उनीहरूको अधिकारबारे मानिसले कति पनि नसोचेको भन्दै धेरैले दुःख पोखेका थिए ।

रुख भएको यो स्कुल घना बस्तीभित्र पर्दछ । साथै यो स्कुल भक्तपुर दरवार क्षेत्रभित्र पर्दछ । रुख भने स्कुलको पश्चिमतिरको इन्द्रेणी खौमा गेटमा रहेकाहरू काटिएका हुन् । घनावस्ती भएका कारण यहाँं चराचुरुंगी बस्ने अन्य कुनै रुखहरु छैनन् ।

भक्तपुरका पुराना परम्परागत घरहरुमा चराचुरंगी बस्नकै लागि घरका वालभित्र ठाउँंठाउँंमा प्वाल राखेका हुन्थे । तर, अहिले नयाँं बनेका कुनै पनि घरहरूमा भने त्यस्तो व्यवस्था देखिँदैन । त्यही कारण पनि बासस्थानको अभावमा सहरमा चराहरू देख्न दुर्लभ जस्तै भएको छ अहिले ।

यो पनि…
नारायणी नदीको स्वास्थ्य परीक्षण
सिमसारले फेर्छ जीवनकै काँचुली



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested