English

यु–२० नेपाली फुटबल टोली आज स्वदेश फर्कदै



भारतमा जारी २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा सहभागी नेपाली टोली आज स्वदेश फर्कँदै छ।

भारतको भुवनेश्वमा भएको प्रतियोगितामा फाइनलमा प्रवेश गर्नका लागि जीत हासिल गर्न नसकेको नेपाली टोली आज अपरान्ह नेपाल फर्कन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टोली दिउँसो ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।

सो प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो। प्रतियोगिताभर नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो भने भारतसँग ८–० को फराकिलो अन्तरले हार ब्योहोरोको नेपालले बंगलादेशसँग भने १–१ को बराबरी खेलेको थियो।

सो प्रतियोगितामा भारतले फाइनलको यात्रा तय गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको थियो। उपाधिका लागि अब भारत र बंगलादेश भिड्ने भएका छन्।

यो पनि…
बंगलादेश र भारत फाइनलमा
यु २० साफ च्याम्पियनसिपः बंगलादेशसँग रोकिएसँगै नेपालले भारतको नतिजा कुर्नुपर्ने



सम्बन्धित खबरहरु

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र प्रमुख प्रायोजक

राष्ट्रिय खेलकुद परिषद्ले भर्खरै खोलिएको खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र राष्ट्रिय उच्च प्रदर्शन केन्द्रमा #Rhinos को फिटनेस परीक्षण र

भारतमा भएको एमएफएन म्याट्रिक्स फाइट नाइट १७ को उपाधी नेपालका रवीन्द्र ढाटले भारतीय फाइटर चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप

Latest










Popular
Suggested