English

मधेसको यथार्थ समस्या



तीन पुस्ता सुकुम्वासी भएर मधेसमै बिताइसकेका व्यक्तिको नागरिकता नहुँदा उनीहरूको बालबच्चा उच्च शिक्षा हासिल गर्न तथा जागिर पाउनबाट बञ्चित हुनुपरेको वास्तविक पीडालाई समेटेर ढकियामे नागरिकता नाटक मञ्चन भइरहेको छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा आसमान नेपाल र सरिता फाउन्डेसनको आयोजना, दलित सरोकार मञ्च नेपाल सप्तरीको सहकार्यमा राजविराजस्थित जिल्ला समन्वय समिति सभाहलमा नाटक मञ्चन भइरहेको हो । नाटकलाई दर्शकहरूले असाध्यै मन पराएका छन् ।

नेपालमा बसोबास गर्दै आए पनि पुस्तौंदेखि नागरिकताविहीन रहेकाको आवाजलाई समेटेर ढकियामे नागरिकता नाटक तयार पारएको हो । सन्देशमूलक नाटकमा एक सुकुम्वासी परिवार तीन पुस्तादेखि मधेसमा नागरिकताबिना बसोवास गरिरहेको तथा छोरा नागरिकता नभएका कारण उच्च शिक्षा हासिल गर्न र छोरी जागिर पाउनबाट बञ्चित भएको दृश्य निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

पढाइमा अब्बल रहेको छोरा नागरिकता नभएकै कारण चिकित्साशास्त्र अध्ययन गर्नबाट बञ्चित भएपछि आत्महत्या गर्न बाध्य भएको दृश्यले दर्शकहरूको आँखा रसाएका थिए।

नागरिकता नहुँदा शिक्षण संस्थामा भर्ना लिन, बैंकमा खाता खोल्न, जग्गाजमिन खरिद गर्न, मोबाइलको सिमकार्ड लिन, जागिरका लागि आवेदन दिन, जन्मदर्ता, विवहा दर्ता गराउन, सामाजिक सुरक्षा भत्ता लिनलगायतका विभिन्न समस्याले छटपटाइरहेका नागरिकताविहीनको पीडा नाटकमा मार्मिक ढंगले प्रस्तुत गरिएको दर्शकहरूले बताए।

ढकियामे नागरिकता नाटकले तराई मधेसमा ढकियामै राखेर नागरिकता तरकारी जस्तै खरिद बिक्री हुन्छ भन्ने प्रचारलाई चोटिलो प्रहार गरेको छ ।

नाट्यमा सरिता साह, अनिल कुर्मी, राज शर्मा पंगेनी, सुजिता साह, रमिता यादव, सोमनाथ खनाल, सुदीपजंग कार्की, संजय मुढीयारी, रोहित साह, कृष्णकुमार महतो, हाङओ–हाङ राई, सरस्वती अधिकारी र सुदिप पटेलले अभिनय गरेका छन् ।

तराई मधेसमा ढक्कीमै राखेर नागरिकता बिक्री वितरण हुन्छ भन्ने सोचभन्दा वास्तविकता अर्कै रहेको र ढकिया रित्तै रहेको नाटकले सन्देश दिएको छ। गलत प्रचारबाजी र तराई मधेसमा नागरिकता नपाउँदा देखिएको दयनीय र भयावह अवस्था बारे सरोकारवालाको ध्यानाकर्षण गराउन र नागरिकताप्रतिको सोच परिवर्तन गर्न सन्देशमूलक नाटक लेखेर प्रदर्शनमा ल्याएको नाटक लेखक सरित साहले बताइन्।

हाल नागरिकता संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै उक्त विधेयक कानुनको रूपमा लागू हुने र आफूहरूले नाटक मञ्चनमार्फत उठाएका पीडाहरूको धेरै हदसम्म सम्बोधन हुने आयोजक संस्थाका राजकुमार पासवानले बताए।

यो पनि…
सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)
गीतमार्फत पीर–ब्यथा बिर्सिएर तीता मिठा कुरा गर्न आग्रह



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।