English

बंगलादेश र भारत फाइनलमा



लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १–० ले पराजित गर्दै साविक विजेता भारत यु २० साफ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ । आज भारत हारेको खण्डमा नेपाल फाइनलमा पुग्ने समीकरण बनेको थियो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमका गुर्किरात सिंहले निर्णायक गोल गरे । माल्दिभ्सले खेलको अन्तिम मिनेटसम्म भारतलाई रोके पनि गुरकिरतले ९०औं मिनेटमा निर्णायक गोल गरे ।

यस्तै, इन्जुरी समयमा पार्थिव सुन्दर गोगोईले रातो कार्ड पाउँदै बाहिरिएपछि भारत १० खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै भारतले उपाधिका लागि बंगलादेशसँगको भेट पक्का गर्‍यो । यसअघि आजै भएको पहिलो खेलमा नेपालसँग १–१ को बराबरीमा रोकिए पनि बंगलादेशले फाइनलको टिकट काटेको थियो ।

जितसँगै दोस्रो स्थानको भारतले चार खेलबाट ९ अंक जोड्यो । यस्तै, शीर्ष स्थानको बंगलादेशले १० अंक जोड्दा तेस्रो स्थानको नेपालले ७ अंक बटुल्यो । यस अघि नै माल्दिभ्स र श्रीलंका भने उपाधी दौडबाट बाहिरिएका थिए ।

यो पनि…
यु २० साफ च्याम्पियनसिपः बंगलादेशसँग रोकिएसँगै नेपालले भारतको नतिजा कुर्नुपर्ने
गर्ला त एन्फाले अब्दुल्लाहको बर्खास्ती ?



सम्बन्धित खबरहरु

काठमाडौँ : हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथासिघ्र

काठमाडौं । कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक पत्रकार नजर राम महर्जनमाथि समाचार लेखेको आधारमा रामेश्वर महर्जन, राजेन्द्र महर्जनसहित

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

असोज १०, नेपालकै जेठो लोककल्याणकारी ‘परोपकार संस्था’को ७९ ओैँ स्थापना दिवसमा दुई जना व्यक्तित्व सम्मानित भएका छन् । ‘समाजसेवाका शिखर

Latest










Popular
Suggested