English

मेरो फाइदाका लागि फुटबल डुबाउँदिनः प्रशिक्षक केसी



नेपाल यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको लज्जास्पद हारसँगै साफ च्याम्पियनसिप फुटबलको फाइनल स्थान बनाउन असफल भए पदबाट राजीनामा दिने संकेत गरेका छन् ।

आइतबार राति भारतसँग ८–० अन्तरको हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कम बनेको छ । यसअघि सुरुवाती दुई खेलमा सतप्रतिशत जितसहित फाइनल सम्भावना उच्च बनाएको नेपाल भारतसँग पराजित हुँदा भने फाइनलमा स्थान बनाउन कठिन अवस्थामा पुगेको छ ।

सबैजनालाई धन्यवाद, टोलीलाई सपोर्ट गर्नु भएकोमा । खेलाडीहरूमा अनुभवको कमी छ तर क्षमता पनि त्यत्तिकै छ । आज सबै हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुःखी छौ । खेलाडी र एन्फालाई दोष नदिउँ । यो मेरो गल्ती हो ।

अब, नेपालले फाइनलमा स्थान बनाउन अन्तिम खेलमा बंगलादेशलाई हराउनु पर्नेछ । यदि मात्रै हैन कम्तीमा ५–० को जित निकाल्नुपर्नेछ । खेल भोलि (मंगलबार) हुनेछ । आइतबार भने नेपाल पहिलो हाफमा एक गोल बेहोर्दा दोस्रो हाफमा सात गोल बेहोर्न बाध्य भयो ।

‘सबैजनालाई धन्यवाद, टोलीलाई सपोर्ट गर्नु भएकोमा । खेलाडीहरूमा अनुभवको कमी छ तर क्षमता पनि त्यत्तिकै छ । आज सबै हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुःखी छौ । खेलाडी र एन्फालाई दोष नदिउँ । यो मेरो गल्ती हो’, केसीले भनेका छन् ।

मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ । अन्यथा म पद छोड्ने छु । म फुटबल जीवनबाट अलग हुनेछु । म मेरो फाइदाका लागि फुटबल डुबाउन सक्दिन । धन्यवाद।

यस्तै, केसीले टोलीलाई लयमा फर्काउन दुई दिनको समय रहेको र यदि फाइनल नपुगेमा आफ्नो स्वार्थका लागि फुटबल डुबाएर पदमा नबस्ने घोषणा गरेका छन् । ‘मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ । अन्यथा म पद छोड्ने छु । म फुटबल जीवनबाट अलग हुनेछु । म मेरो फाइदाका लागि फुटबल डुबाउन सक्दिन । धन्यवाद,’ केसी भन्छन् ।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलंकालाई ३–० अन्तरले पराजित गरेको थियो ।

पहिलोपटक यु–२० पद्धतिमा आयोजना भएको साफको तालिकाको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । पाँच टोली सहभागी प्रतियोगितामा लगातार हारसँगै श्रीलंका र माल्दिभ्स बाहिरिसकेका छन् । यता, बंगलादेशको तीन खेलबाट ९नौअंक रहँदा नेपाल र भारतको समान ६ अंक छ । हेड टु हेडमा भारत बलियो छ र दोस्रो स्थानमा छ ।

अब, अन्तिम दिन नेपालले बंगलादेशलाई कम्तीमा ५–० को जित निकाल्नुपर्नेछ । त्यो भन्दा सानो अन्तरको जितले समेत नेपाल फाइनल पुग्नबाट गोल अन्तरको आधारमा बञ्चित हुनेछ । सोही दिनको दोस्रो खेलमा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि यही प्रतियोगिता यु–१९ र यु–१८ को रूपमा आयोजना हुँदा नेपाल अघिल्ला दुवै संस्करणको विजेता हो । अन्तिम संस्करण भने नेपाल समूह चरणबाट माथि उढ्न सकेन ।

यता, अखिल नेपाल फुटबल संघ (.एन्फा) ले भने केसीलाई साफसँगै एएफसी यु–२० पुरुष एसियन कप छनोटका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । करिब सात सय खेलाडीको खुल्ला छनोटबाट अन्तिम २३ खेलाडी छनोट गरेका केसीले बहराइनमा हुने छनोट खेलका लागि समेत नियुक्ति पाएका छन् । समूह बी मा रहेको नेपालले छनोटमा कतार, भुटान, आयोजक बहराइन र बंगलादेशको सामना गर्नेछ ।

यो पनि…
गर्ला त एन्फाले अब्दुल्लाहको बर्खास्ती ?
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

Latest










Popular
Suggested