English

महिलाले यी कुरामा ध्यान दिनुहोस्



प्रायः महिला सेक्स शब्द सुन्दा हिचकिचाउछन् । जसकारणले उनीहरु यौन क्रियाकलापका लागि अगाडि बढ्न सक्दैनन् । तर रात रमाइलो बनाउने हो भने महिला आफै अगाडि बढ्नुपर्छ । जसका लािग महिलाले यि कुरामा ध्यान दिन जरुरी छ ।

निडर हुनुहोस्

एक निडर व्यक्तिले जे पनि हासिल गर्न सक्छ । त्यसैले महिला पहिले निडर भएर पुरुषलाई ‘तपाई के चाहानुहुन्छ रु’ भन्ने महसुस गराउनु पर्छ।

समय बिताउनुहोस्

एकअर्कासँग थोरै समय बिताउँदा निकटता कम हुन्छ। त्यसैले आफ्नो पार्टनरसँग बढीभन्दा बढी समय बिताउनुहोस् र उसको अगाडि आफ्नो प्रेम व्यक्त गर्नुहोस्।

अंगाल्नुहोस्

अगालोमा बेरिदा प्रेमको भावना बढ्छ। जब तपाईलाई तपाईको पार्टनर तपाई तर्फ आकर्षित हुनुहुन्छ भन्ने लाग्छ, तब उहाँलाई आफ्नो अंगालोमा लिने प्रयास गर्नुहोस्।

प्रसंसा गर्नुहोस्

प्रेम त्यो अनुभूति हो जसलाई जति खर्च गर्यो त्यति नै बढ्छ । जब तपाईको पार्टनर तपाईको नजिक आउछ, त्यतिबेला प्रेम गर्न कन्जुस्याई नगर्नुहोस्। यदि तपाईंलाई उहाँको बारेमा केहि मनपर्छ भने, खुलेर प्रशंसा गर्नुहोस्।

कुरानीमा संलग्न हुनुहोस्

धेरैलाई तुरुन्तै सेक्सको सुरुवात गरिहाल्नुपर्छ भन्ने लाग्छ तर कहिलेकाहीँ विभिन्न समस्याका कारण व्यक्तिको मस्तिष्कले सेक्स गर्न चाहँदैन । त्यसैले तपाईले आफ्नो जोडीसंग प्रेमिला कुरा गर्नुहोस् ।

चुम्बन

भनिन्छ कि चुम्बन एक यस्तो कार्य हो जसबाट दुई आत्माको मिलन हुन्छ। र यो यौन सम्बन्धको अभिन्न अंग हो। त्यसैले आफ्नो पार्टनरलाई खुलेर चुम्बन गर्नुहोस् ।

पहल लिनुहोस्

प्रायः महिलाहरूले यौनका लागि अवसर खोज्ने गरेको देखिन्छ तर वास्तविक यौन जीवनमा अवसर होइन पहल चाहिन्छ। यदि तपाईंले सुरु गर्नुभयो भने, तपाईंको पार्टनरले यसलाई अझ बढी माया गर्नेछ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
यौन सम्पर्क गर्दा खुलेर गर्नुहोस् यस्ता कुरा



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको