English

काम नगर्ने ठेकेदार र खरिद ऐनको टाउको दुखाई



मनाङको नार्पाभूमिको जनसंख्या ५३८ छ । काठमाडौं महानगरको जनसंख्या करिब १० लाख छ । २०६८ को उक्त जनसंख्या अहिले केही थपिएको छ । यी दुवै पालिकाको सन्चालन ऐन एउटै छ । स्थानीय सरकार सन्चालन ऐन २०७४ ले दुवै पालिका चलाउँछ । अब भने पालिकाको जनसंख्या र भूगोल हेरेर सन्चालन ऐन नै फरक बनाउनुपर्ने आवाज उठेको छ ।

पोखरामा भएको पहिलो महानगर मेयर सम्मेलनले महानगर चलाउने छुट्टै सन्चालन ऐन बनाइदिन माग गरेको छ । मेयरहरूको सम्मेलनपछि संयुक्त घोषणापत्र जारी गर्दै ६ वटै महानगरका मेयरहरुले महानगरपालिकाका लागि छुट्टै ऐनको आवश्यकता औंल्याउँदै संसदबाट ऐन जारी गर्न माग गरेका हुन् ।

सबैभन्दा धेरै घटेर जसले टेण्डर हाल्छ उसले काम पाउँछ । यसबाट राम्रो काम गर्नेलाई भन्दा ठेक्का लिने र काम छोड्नेहरुलाई टेन्डर दिनुपरेको छ । जसका कारण काम हुन सकेको छैन ।

महानगरको सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सुदृढ बनाउन स्थानीय सरकार सन्चालन ऐन २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुन निर्माणसँगै महानगरका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न अनुरोध गर्दछौं, सम्मेलनको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा नेपालका ६ वटै महानगरका मेयरहरूको हस्ताक्षर छ । सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गरेको छ । मेयरहरूले सार्वजनिक खरिद ऐन तत्कालै संशोधन गर्नुपर्ने माग राखेका छ । घोषणापत्र सार्वजनिक गर्न बोलाइएको पत्रकार सम्मेलनमा ललितपुरका मेयर चिरिबाबु महर्जनले खरिद ऐनमा आमुल परिमार्जन आवश्यक रहेको बताए ।

धेरै कुराहरु अझै छुटेका छन् । तर, महत्वपूर्ण विषयमा छलफल गरेका छौं । हामीले अघिल्लो मेयरहरूको अनुभव सुन्यौं । विज्ञ समूहले महानगर सन्चालनका लागि सहज हुने गरी सुझाव दिनुभएको छ ।

‘स्थानीय सरकारले काम गर्न नसक्ने प्रमुख कारण नै सार्वजनिक खरिद ऐन हो । यसमा आमुल परिवर्तनको जरुरत छ,’ उनले भने, ‘सबैभन्दा धेरै घटेर जसले टेण्डर हाल्छ उसले काम पाउँछ । यसबाट राम्रो काम गर्नेलाई भन्दा ठेक्का लिने र काम छोड्नेहरुलाई टेन्डर दिनुपरेको छ । जसका कारण काम हुन सकेको छैन ।’ उनले सम्पदा क्षेत्रको पुनः निर्माण टेण्डर मार्फत नभई राम्रो काम गर्ने समूहलाई जिम्मा दिनुपर्ने बताए ।

विराटनगरका मेयर नागेश कोइरालाले भाइचाराका लागि सम्मेलन फलदायी भएको बताए । ‘धेरै कुराहरु अझै छुटेका छन् । तर, महत्वपूर्ण विषयमा छलफल गरेका छौं । हामीले अघिल्लो मेयरहरूको अनुभव सुन्यौं । विज्ञ समूहले महानगर सन्चालनका लागि सहज हुने गरी सुझाव दिनुभएको छ,’ उनले भने, ‘हामीबीचमा भाइचाराको सम्बन्ध बनेको छ । हामीले भोग्नुपर्ने समस्या समाधानमा सहयोग पुग्छ । संघ र प्रदेशसँग समन्वय गरेर अझै राम्रो महानगर बनाउन योगदान मिलेको छ ।’

सबै महानगरको साझा समस्या र टड्कारो बनेको विषय फोहोरमैला हो, कसैको अहिलै समस्या छ । कसैको २–४ महिनामा निस्किने समस्या छ । दीर्घकालीन समाधान खोज्न हामीले पहल गरेका छौं ।

सम्मेनलका क्रममा सहरी फोहोरमैला व्यवस्थापन टड्कारो रुपमा उठेको छ । ‘सबै महानगरको साझा समस्या र टड्कारो बनेको विषय फोहोरमैला हो,’ पोखराका मेयर धनराज आचार्य भन्छन्, ‘कसैको अहिलै समस्या छ । कसैको २–४ महिनामा निस्किने समस्या छ । दीर्घकालीन समाधान खोज्न हामीले पहल गरेका छौं ।’

सम्मेलनले सबै महानगरमा नीति तथा योजना आयोग गठन गर्ने निर्णय गरेको छ भने महानगरपालिकाका विरुद्ध परेका मुद्दाहरू किनारा लगाउन सबै महानगरको संगठन संरचनामा उपयुक्त संस्थागत व्यवस्था गर्न सहमति निकालेका छन् । महानगरपालिकाका छिमेकी पालिकाहरुसँग समेत सहकार्य गरी हरित तथा समावेशी पूर्वाधार, सुशासन तथा विकास र वित्तिय लगानी गर्ने निर्णय भएको छ ।

सम्मेलनले पोखराका मेयर धनराज आचार्यको अध्यक्षतामा महानगर मन्च गठन गरेको छ । आगामी सम्मेलन भरतपुरमा २०८० मा आयोजना गर्ने निर्णय गरिएको छ ।

यो पनि…
स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कस्तो चाहिन्छ योग्यता ?
धरानका मेयर थाकेका छैनन्



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन