English

मिरावाई र रावियाको आध्यात्मिक उडान



प्रेमको बाटो भाव हो । भावमा डुबिरहने यसको सौन्दर्य हो । प्रेम दुई विपरित लिङ्गबीच, प्रेम आमा र छोराबीच, पति–पत्नीबीच, बाबु र छोराबीच,संसारको प्रेमको रुपहरु हुन्छन् । प्रेममा गुलाफ दिएर कर्म गर्ने बित्तिकै भावको प्रेम नहुन सक्छ । रतिराग नै प्रेमको उच्चतम विन्दु होइन । रति र दुई विपरित लिङ्गबीच शारिरिक आवश्यकताले हुन्छ । यसलाई प्रेमको यथार्थमा परिभाषा मान्न सकिदैन कि ? प्रेमको नाममा पुरुषको अभिमानमा स्त्रीहरु बलि बेदिमा चढेका छन् । प्रेमले मात्र प्रेमको परिभाषा हुन्छ । प्रेम भावको गहिराई कति हुन्छ भनेर सातौं शताब्दीको मुस्लिम सुफी सन्त राविया र १६ औं शताब्दीको भारतकी मिरा वाइलाई परिचय मात्र गराउन खोजेको हुँ । एउटा गजलको पंक्तीले आकर्षण ग¥यो लेखक भेटिन !

तेरो प्यारोँसे प्यार करुँ मै सदा
तेरे चाहने वालोंको चाह करुं
तु मिले या न मिले ऐ सांवरिया
मैं प्रेम का दिपक जलाया करुं

दुबैले भक्तिको प्रेममा डुबेर प्रेमको दिपक जलाए । ज्ञान मार्गमा हिँड्ने साधक चिन्तन गर्दा गर्दै ब्रह्मा त्यसपछि अनात्माको चिन्तनमा जान्छन् । योग मार्गमा कुण्डलिनी जागरणबाट आत्मसाक्षात्कारको अनुभूतितिर जान्छ भन्छन् । ज्ञानमार्ग र कुण्डलिनी जगाउनेतर्फ दुबै लागेनन् । एक कृष्ण र अर्को अल्लाहको प्रेम भक्तिमा डुब्दै डुब्दै गए । त्यहाँ बिन्दु र सिन्धुको खोजी भएन । आजभोली सन्त जोगी, मौलाना, फादर,पिढाधिश्वेर, महन्त, चर्चको नायक, मस्जिदको हर्ताकर्ताका रुपमा मात्र रहेका अधिकाश देखिन्छन् । उनीहरु आफ्नो स्वामी आफै नबनी मठ,गुम्बा, चैत्य, मस्जिद,चर्चको स्वामी बनेका छन् । भन्नलाई भन्छन् ‘नश्वर सम्बन्धलाई त्यागेका छौं’ भनेर । तर रक्त सम्बन्धलाई कहि न कतै जोडेकै छन् । मठ,मस्जिद,चर्च,गुम्बाहरु आजको बजारी उपभोक्ताबादभित्र एकखालको उद्योगको रुपमा चलाई रहेका छन् । हुनेखाने भक्तहरुले भेटी चढाइरहेका छन् । तर मिरावाई र रावियाको न सानशौकत न अभिमान । उनीहरु सच्चा सन्तको रुपमा स्थापित हुन पुगे । सन्तको चारित्र कसैलाई उपहास र आलोचना गर्दैन । मिरावाई र रावियाले कसैलाई उपहास र आलोचना गरेनन् ।

‘म हिन्दु हुँ’ मिरावाईले भनिन् । कुनै पनि सन्तको आफ्नो धर्मको पूजा पद्धतीविधि हुन्छ । सन्तले त्यो पद्धती र विधि कसैमाथी थोपर्दैनन् । अस्मिम सत्य सन्त हो । कुनै पनि सन्त जाति धर्म भन्दा माथी हुन्छ । हिन्दुको सन्त, मुस्लिमको पैगम्बर,बुद्धधर्मको भिक्षु, चर्चको सन्त हु मात्र भनेर धर्म विशेषमा सन्तले आफूलाई छुट्टाउन खोजे उ सन्त नभै आजका बजारका बजारु प्रवचक मोडेलहरु, मठाधिसभै प्रशासकको रुपम चित्रित गर्ने मेरो व्यक्तिगत अवधारणा हो । सन्त त सूर्य हो । सूर्य सबैको साझा हो । जाती, धर्म, संस्कृति सबैलाई सुर्यले भिन्नतान गरिकन प्रकाश दिन्छन् । प्रेमको सागरमा भक्ती पराकाष्ठा नमुना हुन मिरा वाइ र राविया ।

रावियाको पुरा नाम राविया अल–अदविया अल कैसिया हो । उनको जन्म इरानमा ई. ७१४ तिर भएको हो । आध्यात्म प्रेमको श्रोत खोज्न र आध्यात्म प्रेममा रमाउन उनी रेगिस्तानमा प्रार्थना गर्न गइन । विवाह गरिनन् । एकान्त जीवन बाँचिन् । विना शर्त, विना अपेक्षा आध्यात्म प्रेममा डुब्दै भगवानसंग प्रेम गरिन् । उनको प्रार्थना थियो,‘हे प्रभु मैले नर्कको डरको कारणले हजुरको उपासना गर्छु भने मलाई नर्कमै जलाई देउ । मैले हजुरको लागी हजुरको उपासना गर्छु, मलाई आफ्नो शाश्वत सुन्दरताबाट वञ्चित नगर्नुस् । उनले आजिवन ईश्वरीय प्रेमको सिद्धान्त अपनाइन् । ईश्वरसँग विलयको दावा गरिनन् सिर्फ नजिक जानकालागि ईश्वरको प्रार्थना गरिन् । लिङ्ग भेदलाई नक्कली आवरण मान्थिन् । स्त्री र पुरुषबीच भेद छैन,ईश्वरका लागि भन्ने मार्ग अपनाइन । उनी सुफी सन्त हसन–अल वसरीबाट प्रभावित थिइन ।

नेपालको योगमायाको सन्दर्भमा विरोचित भगवान प्रेममा डुब्दै ईश्वर प्रेमकै लागि रुढिवादी धर्मकाण्ड विरुद्ध जीवनलाई उत्सर्ग गरिन् । योगमाया संस्कृतिको प्रकाण्ड विद्वान थिइनन् तर ईश्वरको अगाडी सबै समान भाव राख्दै ईश्वरको प्रेममा डुबेको सन्दर्भ पनि क्रान्तिकारी ईश्वरीय प्रेमको पर्यायवाची बनेकी थिइन । रुविया भन्थिन–मैले खुदासंग निकाह गरिसकेकोले दोश्रो विवाहको तलाक चाहिन्छ । खुदाले तलाक दिन्छन् भने म दोश्रो विवाह गर्छु भनेर घरपरिवारलाई भन्दै विवाह नगरीकन विश्व प्रसिद्ध सुफी सन्त भइन् ।

सन्त मिरावाइको सन्दर्भमा धेरै कृतिहरु र भजनहरु लेखिएका छन् । सन्त मिरावाइ १६ औं शताब्दीमा कृष्णको प्रेममा समर्पित भइन् । भारतको राजस्थान कुर्किमा सन् १४९४ मा राजघराना राजपुत परिवारमा जन्मिइन । दिदीले विवाहको दिनमा हिरा खाएर मरेपछि जवरजस्ती उनको विवाह भयो । भावले मनले त्यो विवाहलाई इन्कार गर्दै कृष्ण प्रेममा दिनरात तल्लिन रहिन । हरेक वस्तुमा उनी कृष्ण देख्थिन् । पति र ससुरालीबाट विष दिंदा पिइदिइन । गल्ली गल्ली, मोड, चोक, चौतारीमा बिना संकोच निर्भिग्न भइ कृष्ण प्रेममा डुबिन । त्यहाँ कृष्णसंग रतिको कल्पना थिएन । राधासंग जस्तो महारासको याचना पनि थिएन । कसैले धर्म मान्ला, कसैले नमान्ला । नमान्ने बित्तिकै मिरावाईको चरित्रबाट प्रेममा डुब्ने उनको अप्रितम कलालाई नकार्न सकिदैन । प्रेमको उतारचढाव र रतिरागले सजिएको मेनकाको गर्भबाट जन्मेकी विश्वामित्र ऋषिको विर्यबाट शकुन्तला जन्मिने बित्तिकै त्यागमा परिन । मेनकालाई विश्वामित्रले त्यागे । जवानीमा रतिराग र शारीरिक आवश्यकताको वायोलोजिकल प्रेममा परिन दुष्यन्तसंग । बच्चा जन्मियो । दुष्यन्तले त्यागे । चिनेनन् । त्यागिने र च्यातिने सायद शकुन्तलाले विरासत मै पाइन कवि कालिदास र हाम्रो महाकवि देवकोटाको सकुन्तल कृति पछाडी मेरो निष्कर्ष हो ।

शकुन्तल मानसम्मान, आत्मसम्मानको लागि संघर्ष गरिन । बुद्धलेझै मिराले राजसुख त्यागिन्,रावियाले देहसुख त्यागिन् । दुवैले स्त्रीत्व त्यागि प्रेममा बाँचे, बिना गुनासो, बिना अपेक्षा, शकुन्तल जोड्नुको अर्थ राविया र मिरावाइ त्याज्य होइन आफै मनले घर संसारको दैलोबाट निस्केर उन्मुक्त आकाशमुनिको धर्तिमा प्रेममा बाँचे । प्रेम दिवानी रावियाको धनी दिवानापनको कुनै सिमानै छैन । खुदा प्रतिको दिवानी सिद्ध स्वरुप हुन । उनीहरुको भक्तिमय प्रेमको जाँचको लागी कुनै प्रमाणको आवश्यकता पर्दैन ।

सन्त भनिनेहरु सन्तमै रहनु हामीले उनीहरुबाट लोभ लालच, इष्र्या, मोह, पापिय प्रवृतिबाट मुक्त हुन खोज्ने बाटो पाउन सकौ । सन्त जुनसुकै धर्म सम्प्रदायका हुन्, यदि मन, वचन, कर्म, भावले सन्त हुन पुगेकाहरु भविष्यका सन्तहरुलाई कोटी कोटी प्रणाम ।

यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
समीक्षा : जिउने कला र आत्ममार्गका लागि



सम्बन्धित खबरहरु

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे