English

लास खाने पर्व



संसारमा धेरै अनौठा परम्पराहरू छन्। आज पनि विश्वका धेरै जनजातिले शताब्दीयौं पुरानो यस्ता अनौठो परम्परालाई पछ्याइरहेका छन् । संसारमा एउटा यस्तो जनजाति पनि छ, जहाँ मानिसहरूले आफ्नो प्रियजनको मृत्युपछि शव खान्छन् । धेरैजसो मानिसले मृत्यु पछि शव गाड्छन् वा जलाउँछन् तर एउटा यस्तो जनजाति पनि छ जसका मानिसहरूले आफ्नो पुरानो परम्परालाई पालना गर्दै आएका छन् ।

जातिको अनौठो परम्परा

संसारमा यस्ता धेरै जनजाति छन्, जसको बारेमा धेरैजसो मानिसहरू अनभिज्ञ छन् किनभने तिनीहरू संसारका अन्य मानिसहरूबाट टाढा बस्छन्। उनीहरूको रहनसहन, रीतिरिवाज, संस्कृति सबै फरक छन् । यस्तै एक जनजाति यानोमामी हो। यस जनजातिसँग जोडिएको एउटा अनौठो चलन छ । यस जनजातिका मानिसहरू मर्दा आफ्नै मान्छेको मासु खान्छन् । यो जनजाति ब्राजिलमा पाइन्छ।

Endo-Cannibalism भनेको के हो ?

यानोमामी जनजातिको बारेमा ‘द गार्डियन’ले आफ्नो रिपोर्टमा लेखेको छ कि यस जनजातिलाई यानाम र सेनेमा पनि भनिन्छ। यी जनजातिहरूले अझै पनि आफ्नो पुरानो परम्परालाई पालना गर्छन्। यो जनजाति आधुनिकीकरण र पश्चिमी करणबाट प्रभावित हुन बाँकी छ। यस जातिका मानिसहरूले आफ्नै संस्कृति र परम्परालाई पालना गर्छन्। उनीहरूलाई बाहिरको हस्तक्षेप मन पर्दैन । यस जनजातिका मानिसहरूले बाहिरका मानिसहरूलाई आफूसँग सामेल हुन दिँदैनन्। कहिलेकाहीँ आक्रमण गर्छन्। यी जनजातिहरू को अन्त्येष्टि संस्कार धेरै अनौठो छ, जसलाई endo-cannibalism भनिन्छ।

लास पर्व

यस जनजातिको परम्परा अनुसार घरमा कसैको मृत्यु भएमा शवलाई पुरै जलाएर बाँकी मानिसहरू भेला भएर खाने गर्छन् । यो परम्परा अनुसार पहिले शव जलाएर अनुहारमा रङ्ग लगाइन्छ र त्यसपछि घरका सबै मानिस जम्मा भएर खान्छन् । मृत्युको शोकलाई गीत गाएर मनाउँछन् । यो अनौठो लागे पनि, वर्षौँदेखि यी मानिसहरूले यो परम्परा पालन गर्दै आएका छन्।

यो पनि…
विरुवा नै लोप हुने विज्ञको चिन्ता
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार