English

गीतमार्फत पीर–ब्यथा बिर्सिएर तीता मिठा कुरा गर्न आग्रह

तीज गीतमा शम्भूजीत बास्कोटा,उन्नती बोहोरा ‘शिला’ र सुनिता दुलालको त्रिवेणी,करिश्मा मानन्धरदेखि अञ्जली अधिकारीको साथ


तीज मनाउन एउटी नारी माइती घर पुग्छिन् । माइतीको आँगनमा साथीसंगी नाचगान गर्न जम्मा भइसकेका हुन्छन् । आमा उनको प्रतिक्षामा हुन्छिन् । जब आमाछोरीको भेट हुन्छ अनि दुवैजना अंकमाल गरेर रुन थाल्छन् । सायद ती नारी आफ्नो पीडा बेदना आमालाई सुनाउँदैछिन् । यत्तिकैमा दिदीबहिनी माझ पुग्छिन् । त्यहाँ पनि उनको आँशु थामिँदैनन् ।

यो तीजको रमाइलोमा बिर्सि पीर व्यथा
आउ साथी मिलि गरौं तीता मिठा कुरा

जन्मेको घर छोडी
नाता नौलो जोडी
जानुपर्ने पराइ घर बिरानो बनी’

भिडियोमा रोइरहेकी पात्र अञ्जली अधिकारीलाई अभिनेत्री करिश्मा मानन्धरले यही टुक्कामार्फत सम्झाउँछिन् । अनि सुरु हुन्छ नाचगान । हो, यो गीति अंश ‘यो रमाइलो तीजैमा’ को हो ।

यो त्यसैको निरन्तरता हो, मलाई तीज गीतले नै गायिकाको रुपमा स्थापित गरायो म यो पर्वलाई त कसरी भुल्न सकुँला र ।

उक्त गीतमा नेपाली समाजमा महिलाले भोगेको पीडालाई चित्रण गरिएको छ । साथै, एउटी महिलाले आफ्नो श्रीमानप्रति देखाएको सद्भाव, पराई घरमा जानुपर्दाको पीडा, श्रीमानबाट पाएको प्रताडना, तीज गीतमा देखिएको विकृति लगायतका कुराहरु गीतमार्फत उजागर गर्ने प्रयास गरिएको छ ।

भिडियाे:

तीजको मर्म बोकेको यो गीतलाई गायिका सुनिता दुलालले बजारमा ल्याएकी हुन् । जसमा उन्नती बोहोरा ‘शिला’को शब्द तथा वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाको संगीत छ ।

तीज गीतबाटै नेपाली सांगीतिक क्षेत्रमा बेग्लै छाप छोडेकी गायिकाले दुलालले हरेक वर्ष मौलिक तीज गीत दर्शक/श्रोतामाझ पस्कँदै आएकी छन् । ‘यो त्यसैको निरन्तरता हो,’ गायिका दुलाल भन्छिन्, ‘मलाई तीज गीतले नै गायिकाको रुपमा स्थापित गरायो म यो पर्वलाई त कसरी भुल्न सकुँला र ।’

झण्डै दुई दशकदेखि निरन्तर सांगीतिक क्षेत्रमा होमिएकी दुलालको तीज यात्रा ‘आमाले पकाएको मीठो दर खानलाई फुरफुर गरी बसिराछु माइत जानलाई’ गीत बाट सुरु हुन्छ । २०५९ सालमा बजारमा आएको यो गीत अझै पनि जनजिब्रोमा छ । त्यसपछि उनले ०६० मा ‘अब त मैले नि झुम्का लगाउँछु’ एल्बम सार्वजनिक गरिन् । उक्त गीतले दुलाललाई सांगीतिक क्षेत्रमा स्थापित गराएरै छाड्यो ।

आजभन्दा १५–२० वर्ष पहिले बुहारीहरू सासूबाट प्रताडित हुन्थे र तिनकै कथामा आधारित वेदनाका तीज गीत बन्थे । तर अहिले गाउँघरमा समेत बुहारीलाई सासूहरूले छोरीसरह व्यवहार गर्न थालेका छन् ।


दुलाल भन्छिन् –‘पहिलो र दोस्रो एल्बम हिट भएपछि मैले सांगीतिक क्षेत्रमा पछाडि फर्केर हेर्नु परेन, ती दुई एल्वमले मलाई धेरै देशको भ्रमणसमेत गराए ।’ दुलालले त्यही वर्ष अमेरिका, सिंगापुर तथा कतारको भ्रमण गरिन् । हालसम्म दुई दर्जनभन्दा बढी तीज गीतमा स्वर दिइसकेकी छन् ।

गायिका दुलाल पहिले र अहिलेको गीतमा धेरै भिन्नता रहेको बताउँछिन् । आजभन्दा १५–२० वर्ष पहिले बुहारीहरू सासूबाट प्रताडित हुन्थे र तिनकै कथामा आधारित वेदनाका तीज गीत बन्थे । तर अहिले गाउँघरमा समेत बुहारीलाई सासूहरूले छोरीसरह व्यवहार गर्न थालेका छन् जसले गर्दा वेदनाका गीत कमै मात्रामा आउने उनको अनुभव छ ।

साथै, त्यतिबेलाका तीज गीत र अहिलेका गीतमा भने केही भिन्नता पाउँछिन् । पहिलेका तीज गीतले चेलीका दुःख पीडा, पीर मर्कालाई बोक्थे । अहिले तीज गीतमा दोहोरी चल्छ । त्यसैले यो गीतले पुरुषमाथि व्यंग्य गर्छ, ‘तीजको चलन कस्तो आयो केटा नाच्न थाले, कलियुगमा यस्तै हुन्छ भन्थे हाम्रा बाले ।’ यस्तै–यस्तै बेथिति,विसंगती र महिलाले भोगेका पीडालाई सुनिताले गीतमार्फत सजग गराउन खोजेकी छन् ।

गीत मौलिक लाग्यो अनि मलाई पनि हरेक वर्ष तीजमा चाहिँ कुनै न कुनै माध्यमबाट दर्शक श्रोतामाझ जोडिन पाए हुन्थ्यो भन्ने लाग्छ, ‘सुनिता त तीज क्विन नै हो त्यसैले उसले हरेक वर्ष तीज गीत ल्याइरहेको हुन्छिन् उनकै माध्यमबाट यसपाली मैले पनि तीज गीतमा नाच्ने धोको मेटाउन पाएँ ।

गीतको भिडियोमा अभिनेत्री मानन्धरको प्रवेशले सुनमा सुगन्ध थपेको छ । गत बर्षदेखि तीज गीतमा जोडिएकी मानन्धरले यसपाली पनि त्यसलाई निरन्तरता दिएकी हुन् । गतवर्ष उनले ‘आउ न संगी हो गाउँ न मिलेर’ बोल गीतमा अभिनय गरेकी थिइन् । जुन गीत उनले करिश्मा मानन्धर युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छन् । यसपाली पनि गायिका दुलालले अभिनेत्री मानन्धरलाई ‘यो रमाइलो तिजैमा’ गीतमा अभिनय गर्न प्रस्ताव राखिन् ।

दुलालको प्रस्तावलाई आफूले सहर्ष ग्रहण गरेको उनी सुनाउँछिन् । ‘गीत मौलिक लाग्यो अनि मलाई पनि हरेक वर्ष तीजमा चाहिँ कुनै न कुनै माध्यमबाट दर्शक श्रोतामाझ जोडिन पाए हुन्थ्यो भन्ने लाग्छ,’ मानन्धरले मनको कुरा खोलिन्, ‘सुनिता त तीज क्विन नै हो त्यसैले उसले हरेक वर्ष तीज गीत ल्याइरहेको हुन्छिन् उनकै माध्यमबाट यसपाली मैले पनि तीज गीतमा नाच्ने धोको मेटाउन पाएँ ।’

त्यसैगरी, संगीतकार बास्कोटा पनि गीत मौलिक रहेको बताउँछन् । ‘यो गीत साँच्चै तीज गीत बनेको छ,’ उनले भने, ‘गीतको मर्मअनुसारकै भिडियो बनेछ खुशी लाग्यो ।’ यही गीतको प्रसंगमा बास्कोटा दुईवर्ष अघि पुगे ।

‘कोरोना आउनुभन्दा अघि नै उन्नति बोहोरा ‘शिला’ जीले रचना गर्नुभएको यो गीतलाई मैले एरेन्ज गरेर राखेको थिएँ,’ शम्भुजित सुनाउछन्,‘सुनिता र उन्नतीजीको सल्लाह भएछ सोही अनुसार म पनि जोडिएँ ।’

गीतको भिडियोमा गजित विष्ट मारुनी बनेका छन् । त्यो मारुनीले तीजका गीत गाउने र नाच्ने कलाकारलाई व्यंग्य गरेको प्रष्ट बुझिन्छ । भिडियोमा गम्भीर विष्टले निर्देशन गर्दै कलाकारलाई नचाएका छन् ।

गीतको भिडियोमा गजित विष्ट मारुनी बनेका छन् । त्यो मारुनीले तीजका गीत गाउने र नाच्ने कलाकारलाई व्यंग्य गरेको प्रष्ट बुझिन्छ । भिडियोमा गम्भीर विष्टले निर्देशन गर्दै कलाकारलाई नचाएका छन् ।

यो पनि…
सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।