English

दिल्ली लकडाउन : नेपाली उपभोग्य वस्तुमा कतिको असर ?



कोरोनाको डबल म्युटेन्ट भेरियन्टको संक्रमण फैलिएसँगै भारत सरकारले गत सोमवारबाट एक साताका लागि दिल्लीमा लकडाउन गर्‍यो । दिल्लीमा लकडाउनको घोषणा गरेसँगै त्यसको असर नेपालको दैनिक उपभोग्य वस्तुमा पर्ने आँकलन गर्न थालिएको छ ।

यसै पनि नेपालमा विगत ६ महिना यता दैनिक उपभोग्य वस्तुको बजार भाउ आकाशिदै गएको छ । यदि दिल्लीको लकडाउनका कारण आपूर्तिमा कमी भएमा अझै खाद्य वस्तुको मूल्य भाउ उकालो लाग्न सक्ने नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बताउँछन् । ‘केही महिना यता नेपालमा खाद्यजन्य सामानको भाउ बढिरहेको छ,’ उनले भने, ‘छिमेकी राष्ट्रमा भएको लकडाउनले आपूर्तिमा कमी भयो भने अझै बजार भाउ आकाशिन सक्छ ।’

पछिल्लो समय बढिरहेको बजार मूल्य नियन्त्रणका लागि व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेडाईं बताउँछन् । साथै, कोभिडको नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा नेपालमा दैनिक उपभोग्य वस्तुको आपूर्तिका बारेमा पनि भन्सार क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल भइरहेको उनले बताए ।

‘दिल्लीको लकडाउन अझै बढ्यो भने त्यसको असर नेपालको दैनिक उपभोग्य वस्तुमा देखिन सक्छ,’ न्यौपाने भन्छिन्, ‘यतिबेला हामीसँग चामल, धान र गहुँ यथेष्ट मात्रामा छ । बुधवारसम्म २ लाख ९३ हजार २ सय क्विन्टल खाद्यान्न मौज्दात छ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आपूर्ति महाशाखाका प्रमुख प्रेमकुमार श्रेष्ठ भारतको जुनसुकै क्षेत्रमा लकडाउन भएतापनि दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कमी नगरिने बताउँछन् । ‘यातायात नै बन्द भयो भने समस्या आउन सक्छ,’ श्रेष्ठले भने, ‘यातायात बन्द भएको अवस्थामा नेपालमा केही असहज हुन सक्छ । तर, हामी सम्बन्धित निकायसँग समन्वय गरेर सहज बनाउन प्रयत्न गर्नेछौं । दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कमी आउन दिदैनौं ।’

हाल दिल्लीबाट खाद्य सामग्रीको रूपमा विशेषगरी चामल र गहुँ आयात हुने गरेको खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठ बताउँछन् । बजार भाउ उकालो लागेको भएतापनि नेपालमा चामल र गहुँको मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने बताउँछिन् ।

‘दिल्लीको लकडाउन अझै बढ्यो भने त्यसको असर नेपालको दैनिक उपभोग्य वस्तुमा देखिन सक्छ,’ न्यौपाने भन्छिन्, ‘यतिबेला हामीसँग चामल, धान र गहुँ यथेष्ट मात्रामा छ । बुधवारसम्म २ लाख ९३ हजार २ सय क्विन्टल खाद्यान्न मौज्दात छ ।’ यद्यपि लामो समय कोभिडको संक्रमण रहिरहेमा भने मौज्दात घट्न सक्छ । साथै, अन्य खाद्य सामग्रीको आपूर्तिका लागि निजी क्षेत्र पनि सक्रिय हुनुपर्ने उनको भनाइ छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।