English

डुंगामा सवार महिलालाई सेलफिसले आक्रमण गरेपछि…



विश्वास गर्नुहोस् वा नगर्नुहोस् एउटा १०० पाउन्डको सेलफिस (लामो र तिखो चुच्चो भएको समुद्री माछा) पानीबाट बाहिर निस्केर एक महिलालाई आक्रमण गरेको छ । अमेरिकाको फ्लोरिडामा माछा मार्ने डुंगामा सवार मेरील्याण्डकी ७३ वर्षीया महिलालाई सेलफिसले आफ्नो चुच्चो धसेर घाइते बनाएको हो ।

मार्टिन काउन्टी शेरिफको कार्यालयको रिपोर्टअनुसार महिलालाई गत मंगलबार माछाको तिखो चुच्चोले धसेको थियो ।

उनीसँग दुई जना पुरुषहरू पनि डुंगामा सवार थिए । सेलफिस इस्टियोफोरस जीनसमा रहेका समुद्री माछाका दुई प्रजाति अन्तर्गत पर्छन् । उनीहरु निलादेखि खैरा सम्म हुन्छन् । उनीहरूको विशेषतः ठूलो पखेटा हुन्छ, जसलाई पछाडिको भागसम्म फैलाउन सक्छन् ।

लामो र तिखो चुच्चो सेलफिसको अर्को महत्वपूर्ण विशेषता हो । सेलफिसलाई समुद्रको सबैभन्दा छिटो प्रजातिको माछा बताइन्छ ।

यो पनि…
विरुवा नै लोप हुने विज्ञको चिन्ता
लामखुट्टेले टोकेको रगतको डीएनएबाट चोर पक्राउ !



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको