सास्तीको अर्को नाम : सार्वजनिक यातायात (फोटोफिचर)
राजधानीका सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्न यात्रु बाध्य
हरेक साँझ–बिहान राजधानीका बस, माइक्रोबस र टेम्पोलगायतका सार्वजनिक यातायात चढेर गन्तब्यमा पुग्नु भनेको अनगिन्ती समस्याको सामना गर्नु हो ।

विशेष गरी कार्यालय समय शुरु हुनेबेला र सकिएपछि राजधानीका सवारी साधनमा अत्यन्तै भीड हुन्छ । भीड बढेपछि धेरै यात्रु कोचिएर यात्रा गर्न बाध्य हुनु एउटा नियती बनिसकेको छ ।

सिट नपाएपछि झुन्डिएर यात्राले ल्याउने जोखिम त छदैछ,तर तोकिएको भाडा तिरेर यसरी यात्रा गर्दा यात्रुले आफूलाई ‘मानिस’ भएको पनि बिर्सदो हो,सायद ।








