English

‘पर्ख र हेर’को स्थितीमा धेरै ब्यावसायी



पछिल्लो समय ठूला ब्यावसायिक घरानाको ध्यान एसेम्बलिङ उद्योगमा बढेको छ । गत आर्थिक वर्षको बजेटमार्फत सरकारले नेपालमा नै ‘एसेम्बलिङ’ उद्योग सञ्चालन गर्ने उद्योगलाई आवश्यक पर्ने ‘पार्टस’ तथा आवश्यक उपकरण आयातमा भन्सार तथा अन्तशुल्कमा छुटको घोषणा गरेको थियो । बजेटमार्फत नै छुट पाउने भएपछि पछिल्लो समय उद्योग विभागमा सवारी एसेम्बलिङ गर्ने उद्योग दर्तामा वृद्धि भएको हो ।

उद्योग विभागको तथ्याङ्कअनुसार पछिल्लो समय ‘एसेम्बलिङ’ गर्ने उद्योगको सङ्ख्यामा वृद्धि हुन थालेको हो । तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा दुई पाङ्ग्रेदेखि चारपाङ्ग्रे सवारी उत्पादन गर्नेगरी छ वटा उद्योग दर्ता भएका छन् । यसअघि पनि उद्योग दर्ता गर्नेको सङ्ख्यामा वृद्धि हुने गरे तापनि उद्योग दर्तामै सीमित भएका थिए ।

हाल नेपालमा दुई कम्पनीले मात्र दुईपाङ्ग्रे सवारी साधन उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छन् । तथ्याङ्कमा धेरै उद्योग दर्ता भए तापनि हाल नेपालमा गोल्छा समूहको बजाज र शङ्कर समूहको टिभिएसले मात्र मोटरसाइकल उत्पादन गरिरहेका छन् ।

गत आव २०७८/७९ मा विभागमा सवारी एसेम्बलिङका लागि सुजुकीका कार तथा मोटरसाइकल र तीनपाङ्ग्रे सवारी बनाउन सिजी अटोमोटिभ इन्डस्ट्रिज प्राली, यमाहाको मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न एमएडब्लु अटो प्राली, विद्युतीय स्कुटर एसेम्बल गर्न इ–बोल्ट मोबिलिटी प्राली, दुईपाङ्ग्रे सवारी साधन एसेम्बल गर्न ग्लोबल अटोमोबाइल्स, दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी साधन उत्पादन गर्नेगरी दुगड अटो क्लिनिक र दुईपाङ्ग्रेदेखि छ पाङ्ग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्नका लागि एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता भएका हुन् ।

सुजुकीका कार तथा मोटरसाइकल र तीनपाङ्ग्रे सवारी एसेम्बल गर्न चौधरी समूहअन्तर्गतको सिजी होल्डिङले बाराको परवानीपुरमा रु एक अर्ब ३१ करोड ६९ लाखको लगानीमा उद्योग दर्ता गरेको छ । उक्त कम्पनीले वार्षिक १० हजार दुईपाङ्ग्रे, तीन हजार तीनपाङ्ग्रे र १० हजार चारपाङ्ग्रे सवारी उत्पादनको लक्ष्य राख्दै उद्योग दर्ता गरेको हो ।

यस्तै यमाहाका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्न एमएडब्लु अटो प्राली गत असोजमा उद्योग विभागमा दर्ता भएको छ । एमएडब्लु इन्टरप्राइजेजले यमाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि रु एक अर्ब ५१ करोड ५० लाख बढीको लगानी गरेको छ । मोरङमा स्थापना गरिएको उक्त उद्योगबाट वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार वटा स्कुटर उत्पादन हुने जनाइएको छ ।

इ–बोल्ट मोबिलिटी प्राली नामक उद्योग विभागमा दर्ता भएको छ । ललितपुर जिल्लाको गोदावरीमा रहने उक्त उद्योगमा रु २४ करोड ३० लाख लगानी गर्ने स्वीकृत भएको छ । इ–बोल्ट मोबिलिटीले वार्षिक १५ हजार वटा विद्युतीय स्कुटर उत्पादन गर्ने क्षमता रहेको जनाएकोे छ ।

यस्तैगरी दुईपाङ्ग्रे सवारीसाधन एसेम्बल गर्न ग्लोबल अटोमोबाइल्स प्राली दर्ता भएको छ । विशाल समूहको लगानीमा मोटरसाइकल तथा स्कुटर र तीनपाङ्ग्रे सवारी उत्पादन गर्ने उक्त उद्योग दर्ता भएकोे हो ।

नेपालमा नै सवारी एसेम्बलिङ उद्योग दर्ता गर्न ठूलो रकम आवश्यक पर्छ, सरकारको अस्थिर नीतिका कारण व्यवसायी उत्साहित छैनन्, दुईपाङ्ग्रेभन्दा चारपाङ्ग्रेमा धेरै पुँजी खर्च हुन्छ, सरकारले नीतिगतरुपमा नै व्यवस्था नगर्दासम्म ठूला लगानीकर्ता आउने अवस्था देखिएको छैन ।

वार्षिक ३० हजार मोटरसाइकल तथा स्कुटर र पाँच हजार तीनपाङ्ग्रे अटोरिक्सा उत्पादन गर्नेगरी रु ४६ करोड ४५ लाख ९२ हजारकोे लगानीमा पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं १ मा स्थापना हुनेगरी उक्त उद्योग दर्ता भएको हो ।

एलपी ग्यास तथा पेट्रोलियम व्यवसायीका रुपमा चिनिएका व्यवसायी शिवप्रसाद घिमिरेले दुईपाङ्ग्रेदेखि छ पाङ्ग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्नका लागि एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता गराएका छन् ।

रु तीन अर्ब बढी लगानीमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका वड नम्बर ११ मा स्थापना हुने उक्त उद्योगले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपाङ्ग्रे १२ सय थान, विद्युतीय कार–जीप ६०० र इ–बस १२० युनिट उत्पादन गर्नेछ ।

इन्टरनल कम्बसन इञ्जिन (आइसिइ) मोटरसाइकल तथा स्कुटर १० हजार ५०० युनिट, आइसिइ तीनपाङ्ग्रे रिक्सा १५ सय युनिट, आइसिइ फोर ह्विलर्स (कार, एसयुभी, जीप) ६०० युनिट र आइसिइ सिक्स ह्विलर्स गाडी ७५० युनिट उत्पादन गर्नेछ ।

दुगड अटो क्लिनिक प्रालीले दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन उत्पादन गर्नेगरी उद्योग दर्ता गरेको छ । रु ३० करोडको लगानी रहने उक्त उद्योगले वार्षिकरुपमा २४ हजार दुईपाङ्ग्रे र चार हजार वटा तीनपाङ्ग्रे सवारी उत्पादन गर्नेगरी उद्योग दर्ता भएको हो ।

नीति बन्नुपर्छ अनि मात्र लगानी गर्न व्यवसायी उत्साहित हुन्छन्, सरकारले अहिले ल्याएको बजेटकै आधारमा लगानी गर्न व्यवसायी तयार छैनन् ।

बजेटमार्फत नै सरकारले सवारी एसेम्बलिङ उद्योगमा छुटको घोषणा गरेपछि नयाँ उद्योग दर्ताको सङ्ख्यामा वृद्धि भएको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनले विभिन्न ठूला व्यावसायिक घरानाले नेपालमा नै सवारी एसेम्बलिङ गर्नेगरी उद्योग दर्ता गर्न थालेको बताए ।

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष धुव्रबहादुर थापा सरकारले छुटको घोषणा गरेसँगै व्यवसायीको आकर्षण थपिएको बताए । उनका अनुसार सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न नेपालमा नै सवारी उत्पादन गर्ने उद्योगलाई छुट दिँदा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

उनले सरकारको अस्थिर नीतिका कारण नेपालमा नै एसेम्बल उद्योग दर्ता गर्न व्यवसायी इच्छुक भएर उद्योग दर्ता गरे तापनि तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नभएको बताए ।

‘नेपालमा नै सवारी एसेम्बलिङ उद्योग दर्ता गर्न ठूलो रकम आवश्यक पर्छ, सरकारको अस्थिर नीतिका कारण व्यवसायी उत्साहित छैनन्, दुईपाङ्ग्रेभन्दा चारपाङ्ग्रेमा धेरै पुँजी खर्च हुन्छ, सरकारले नीतिगतरुपमा नै व्यवस्था नगर्दासम्म ठूला लगानीकर्ता आउने अवस्था देखिएको छैन’, उनले भने, ‘नीति बन्नुपर्छ अनि मात्र लगानी गर्न व्यवसायी उत्साहित हुन्छन्, सरकारले अहिले ल्याएको बजेटकै आधारमा लगानी गर्न व्यवसायी तयार छैनन् ।’

यो पनि…
सबै गाडी एकैठाउँ भेला, सुरु हुँदै अटो कुम्भमेला
विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन नाडाको आग्रह



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०