यो देशमा छ मृत्युको गुफा !
इजरायलमा पुरातत्वविदले मृत्युको गुफाबाट करिव ६ हजार वर्ष पुरानो एक कंकाल निकालेका छन् । मृत्युको गुफा भनिने यो इजरायलको रेगिस्तानमा मृत सागर नजिक रहेको छ । केही वर्ष पहिला यो गुफाबाट ४० वटा नरकंकाल निकालिएका थियो । त्यसैले, यसको नाम मृत्युको गुफा भएको हो ।

हाल भेटिएको यो कंकाल भने एक बालिकाको रहेको छ, जसको उमेर ६ देखि १२ वर्षको बीचमा छ ।

शोधकर्ताहरुले यो कंकाल गुफाभित्र सुख्खा वातावरणमा पाएका थिए । यो प्राकृतिक रुपमा ममिमा परिवर्तन भइसकेको थियो । कंकालको ढाँचाको सिटी स्क्यान गरेपछि यो उक्त उमेर समूहको रहेको पत्ता लागेको हो । ६ हजार वर्ष पुरानो भएपनि कपाल अझै आंशिक रुपमा देखिएको थियो । यहाँसम्म पुग्नको लागि विशेषज्ञले डोरीको सहयोग लिएका थिए ।

इजरायली इतिहासकार रोनित लूपूले जसले उक्त बालिका गाड्यो, त्यसले बालिकाको शरीरलाई कपडाले छोपिदिएको थियो । यो कंकाल नजिकै एक सूची पत्र पनि पाइएको छ । यसमा हिब्रु भाषाको प्राचीन अक्षरमा लेखिएको छ । त्यो क्षेत्रमा हालै २ हजार वर्ष पुरानो सूची पत्र फेला परेको थियो ।
