हवाई जहाजमा फरक-फरक किसिमको लाइट किन बालिन्छ ?
हवाई जहाजको आविष्कार राइट ब्रदर्सले वर्ष १९०३ मा गरेका थिए ।
यससम्बन्धी केही रोचक तथ्यहरु पनि छन्, जो तपाईलाई थाहा नहुन सक्छ ।

ट्याक्सी लाइट

हवाई जहाजमा यो एउटा यस्तो लाइट हुन्छ, जो जहाजको ट्याक्सी मोड अर्थात् विमान जमीनमा गुड्ने क्रममा प्रयोगमा आउँछ । १५० भोल्ट्सको यो लाइटको सहयोगले रनवे देख्ने काम हुन्छ । हवाई जहाजलाई जब ट्याक्सी क्लेरेन्स मिल्छ, तब पाइलटले ट्याक्सी लाइट बाल्छन् । यसले रनवेमा राखिएका लाइट्स चम्किन्छन् र पाइलटले त्यसलाई देख्न सक्छ ।
टेक अफ लाइट

हवाई जहाजमा ट्याक्सी लाइट्सका साथै टेक अफ लाइट पनि हुन्छ । ट्याक्सी लाइटको भन्दा यो लाइट धेरै चम्किन्छ । यो विमान टेक अफको समयको बालिन्छ ।
रनवे टनअफ लाइट

हवाई जहाजमा ट्याक्सी लाइट र टेक अफ लाइटबाहेक एउटा फरक लाइट हुन्छ, जसको एंगल धेरै चौडा हुन्छ । यो रनवे टनअफ लाइटको सहयोगले पाइलटले रनवेलाई पूर्ण रुपमा देख्न सक्छ ।
विंग स्क्यान लाइट

विमानको सबैभन्दा संवेदनशील भाग भनेको त्यसको पंखा हो र यसलाई सुरक्षित राख्न त्यति नै आवश्यक छ । यसै उद््देश्यले विंगमा लाइट लगाइन्छ । किनभने टेक अफको समयमा अँध्यारोमा पनि पाइलटलाई जहाजको पूर्ण आकृति स्पष्ट देख्न सहयोग मिल्छ । बादलमा उड्दा यिनै लाइटको सहयोगले पंखामा बर्फ जमेको छ कि छैन भन्ने देखिन्छ ।
एन्टी कोलिजन बीकन

हवाई जहाजको यो लाइट जमीनमा सरसफाई वा रेखदेख गर्ने क्रूको लागि सहयोगी हुन्छ । चम्किलो रङको यो लाइट पहिला इन्जिन चल्न शुरु भएपछि बालिन्छ र अन्तिममा इन्जिन बन्द भएपछि निभाइन्छ । यसले ग्राउण्ड क्रूलाई अब हवाई जहाज पूर्ण रुपमा चल्न बन्द भयो भन्ने थाहा हुन्छ ।
ल्याण्डिङ लाइट

हवाई जहाजलाई ल्याण्डिङ गराउने बेलामा आकास र रनवेलाई सफा रुपमा देख्नको लागि ल्याण्डिङ लाइटको प्रयोग गरिन्छ । सेतो रङको यो लाइटलाई लाइटिङ कम भएको रनवेमा प्रकाश बढाउनको लागि गरिन्छ । यो लाइट कहिले पंखामुनि, कहिले पंखाको बाहिरी सतहमा र कहिले अरु ठाउँमा नै लागेको हुन्छ ।
नेभिगेशन लाइट

नेभिगेशनका लागि ३ वटा लाइट हुन्छन् । यो लाइटको प्रयोग उडिरहेको हवाई जहाजको दिशा निर्धारित गर्नको लागि प्रयोग गरिन्छ । पाइलटतिर राखिएको लाइट हरियो प्रकाशमा चम्किन्छ भने दोश्रोतर्फ रातो रङको र पुच्छरमा राखिएको लाइट सेतो रङको हुन्छ । यो लाइटको सहयोगले अर्को विमान चालकले कुन दिशामा जाँदैछ भन्ने थाहा पाउँछ ।
हाई इन्टेन्सिटी स्ट्रोब लाइट
यो लाइट नेभिगेशनवाला हरियो र रातो लाइटको तल हुन्छ । यो धेरै चम्किलो हुन्छ । यो लाइटको प्रयोग अझ स्पष्ट रुपमा हवाई जहाज देखाउनका लागि गरिन्छ ।
लोगो लाइट
जहाज सञ्चालन गर्ने हरेक कम्पनीको आफ्नै एउटा लोगो हुन्छ । लोगो लाइट त्यसैलाई सपष्ट रुपमा देखाउनको लागि प्रयोग गरिन्छ । यसका दुई फाइदा छन्, एउटा हेर्दै कुन कम्पनीको हो भन्ने थाहा हुन्छ भने दोश्रो ठूलो पोस्टरको जसरी कम्पनीको प्रचार हुन्छ ।