English

विश्वका शक्तिशाली पासपोर्टको सूचीमा १०६औं नम्बरमा नेपाल



विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०६औं स्थामा रहेको छ ।

विश्वका १९९ देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल १०६औं नम्बरमा परेको हो । सूचीमा सबै देशलाई ११२ स्थानमा समेटिएको छ । नेपालपछि सूचीमा मात्र सात देश रहेका छन् ।

हेन्ली एण्ड पार्टनर्सले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्छ । जुन देशको पासपोर्टले सबैभन्दा बढी अनअराइभल भिसा पाउँछ सोही पासपोर्टलाई सबैभन्दा शक्तिशाली मानिने गरेको छ ।

यसैलाई आधार बनाएर हेन्ली एण्ड पार्टनर्सले हालै ‘पासपोर्ट इन्डेक्स २०२२’ सार्वजनिक गरेको हो । ३८ देशले अनअराइभल भिसा दिने नेपाली पासपोर्टलाई सूचीमा १०६औ नम्बरमा राखिएको छ ।

सूचीको पहिलो नम्बरमा जापान रहेको छ । जापानी पासपोर्ट वाहकलाई विश्वका १९३ देशले अनअराइभल भिसा दिने गरेका छन् । दोस्रो नम्बरमा सिंगापुर र दक्षिण कोरिया रहेका छन् । दुवै देशका पासपोर्ट वाहकलाई विश्वका १९२ देशले अनअराइभल भिसा दिने गरेका छन् ।

सूचीको तेस्रोमा नम्बरमा जर्मनी, स्पेन, फिनल्याण्ड, इटाली र लक्जेमवर्ग रहेका छन् भने पाँचौं स्थानमा अष्ट्रिया, डेनमार्क, नेदरल्याण्ड्स र स्वीडेन छन् ।

विश्वको सबैभन्दा कम शक्तिशाली पासपोर्ट अफगानिस्तानको रहेको छ । अफगानिस्तानको पासपोर्ट वाहकलाई विश्वका मात्र २७ देशले अनअराइभल भिसा दिने गरेका छन् ।

विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपालपछि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका छन् ।

दक्षिण एसियामा नेपाली पासपोर्टभन्दा माल्दिभ्स, भुटान, बंगलादेश, भारत र श्रीलंकाको पासपोर्ट बढि शक्तिशाली देखिएको छ ।

हेन्ली एण्ड पार्टनर्सको सन् २०२१ को सूचमा नेपाल ११०औं नम्बरमा रहेको थियो र नेपालपछि सात देश रहेका थिए ।

यो पनि…
२ लाख ८६ हजार बालबालिका अझै श्रमिक
नेपालबाट राहत सामग्री बोकेर पहिलोपटक काबुल पुग्यो हिमालय एयरलाइन्स



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्