काठमाडौंको जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्याँस
काठमाडौंको जोरपाटी चोक नजिकै बोरिङ खन्ने क्रममा ग्याँस निस्किएको छ । चामुण्डा मन्दिर गेटनजिकै रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा ग्याँस निस्किएको हो ।

ग्याँससँग निस्किएको माटो, बालुवाको लेदो झण्डै १०० मिटरमाथिसम्म उडेको छ । जसकारण जोरपाटी छेउछाउका घरहरु हिलाम्मे भएका छन् ।

मंगलबार बिहान करिव १०ः१५ बजेदेखि सुरु निस्किएको उक्त ग्याँस अहिलेसम्म पनि रोकिएको छैन । जसको थप अनुसन्धानका लागि खानी विभागका भूगर्भविद्हरु आइसकेका छन् ।
