English

सेयर बजारमा दोहोरो अंकको वृद्धि



आर्थिक वर्ष २०७९/८० को दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । कारोबार अवधिभर उतारचढाव देखिएको सेयर बजारमा अन्तिमा समयमा दोहोरो अंकले वृद्धि भएर बन्द भएको हो ।

सोमबार नेप्से १८.०३ अंक ले बढेर २०२९.४३ अंकमा बन्द भएको छ । सामूहिक लगानी कोष र व्यापार बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । व्यापार उपसूचक सबैभन्दा धेरै ४.९३ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार १ अर्ब २३ करोड २५ लाखको कारोबार भएको बजारमा सोमबार ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ३० लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ३५ लाखको कारोबार भएको छ । यस्तै एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाखको कारोबार भएको छ ।

आज धेरै मूल्य बढ्नेमा बरुण हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सर्किट लेभलमा बन्द हुँदा इमर्जिङ नेपालको सेयरमूल्य ९.६२ प्रतिशतले बढेको छ । यता सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य सवार्धिक ५.९० प्रतिशतले गिरावट हुँदा कुमारी इक्युटी फण्डको इकाइमूल्य ५.७६ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा स्वाबलम्बन लघुवित्तको सेयरमूल्य २.९१ प्रतिशतले घटेको छ ।

कारोबार अवधिभर १७९ कम्पनीको सेयर कारोबार भएकोमा १४३ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै २७ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ९ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।