English

पुष्पाले पहिल्याएको नयाँ बाटो



प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले पुष्पा भुसाललाई उपसभामुख पदमा निर्वाचित गरेको छ ।

आज भएको उपसभामुखको निर्वाचनमा ५५ मतको अन्तरले भुसालले विजय प्राप्त गरेकी छिन् । उनले १४८ मत प्राप्त गरेकी छिन् । यसैगरी अर्की उम्मेदवार विद्या भट्टराईले ९३ मत प्राप्त गरेकी छिन् । उपसभामुख पदका लागि भुसाल र भट्टराईको मात्र उम्मेदवारी परेको थियो ।

उपसभामुखका लागि नेपाली कांग्रेसकी भुसाल र नेकपा एमालेकी भट्टराई प्रतिस्पर्धामा थिए । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले भुसालको नाम प्रस्ताव गरेका थिए । भट्टराईको नाम एमालेकी शान्ता चौधरीले प्रस्ताव गरेकी हुन् ।

पुष्पाको पृष्ठभूमि

पुष्पा भुसालको पारिवारिक पृष्ठमूमि राजनीतिसँग जोडिएको छ । भुसाल २०१५ मा बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन् । २०१७ सालमा पञ्चायत सुरु भएपछि गौतम परिवारसहित १४ बर्षसम्म भारत निर्वासित भए । त्यही बर्ष अर्थात राजा महेन्द्रले कांग्रेस सरकारलाई अपदस्त गरेको दुई महिनापछि पुष्पाको जन्म भएको हो ।

अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् । कांग्रेसको महिला विभाग, कानुन विभागमा सक्रिय रहेकी भुसालसँग नेपाल महिला संघको महासचिव भएर कार्यसम्पादन गरेको अनुभव पनि छ । हाल उनी पार्टीको केन्द्रिय सदस्य हुन् ।

२०१७ फागुन १ गते जन्मिएकी भुसालले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुन् । उनी केही समय कानुन व्यावसायमा पनि सक्रिय रहिन । । २०६४ को संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा भूमिका खेलेकी थिइन ।

२०६३ को अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भुसालले भूमिका निर्वाह गरेकी थिइन् । २०७४ को चुनावबाट समानुपातिक सांसदमा निर्वाचित भएपछि भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको चुनावमा भुसाल सांसद शिवमाया तुम्बाहाङ्फेसँग पराजित हुन पुगेकी थिइन् ।

तुम्बाहाङ्फेले राजीनामा दिएपछि रिक्त भएको सोही पदमा भुसाललाई कांग्रेसले यसपटक फेरि उम्मेदवार बनाएको हो ।

एक छोरीकी आमा ६१ बर्षिय भुसाल कांग्रेसभित्र सुरुदेखि नै संस्थापन पक्ष निकट मानिन्छिन् ।

यो पनि…
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
दलहरुले बदल्न सक्लान् त बुटवल ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।