English

यसरी हुँदैछ एनआरएन ग्लोबल सिङ्गिङ आइडल



एनआरएन ग्लोबल सिङ्गिङ आइडल, सेकेन्ड जेनेरेसन–२०२१ को तयारी अन्तिम चरणमा पुगेको छ । गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले आयोजना गरेको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।

‘नेपाली कला संस्कृति संरक्षण र पहिचान एनआरएनए दोस्रो पुस्ताको अभियान’ भन्ने मूल नाराका साथ सुरु हुने उक्त गायन प्रतियोगिताको यतिबेला डिजिटल अडिसन चलिरहेको छ ।

३० अप्रिलसम्म चल्ने डिजिटल अडिसनमा गैर–आवासीय नेपाली संघ गठन भएका सबै राष्ट्रबाट प्रतियोगीहरूले सहभागिता जनाउन पाउँछन् । उक्त प्रतियोगितामा विश्वका ६ वटा क्षेत्रीय उप–समितिहरूबाट प्रतियोगीहरू सहभागी हुने एनआरएनए मध्यपूर्व युवा समिति संयोजक राज रेग्मीले जनाए ।

राज रेग्मी

डिजिटल अडिसनमा सहभागिता जनाउन चाहनेले आफू रहेको देशको राष्ट्रिय समन्वय परिषद्लाई गीत अनुसारको नेपाली पोशाक, नाम, देशको नाम, गीतको बोल, गीतको सर्जक तथा गायक/गायिकाको नामसहित प्रष्ट नेपाली भाषामा ३ मिनेटको सम्पादन नगरिएको भिडियो पठाउनुपर्ने छ ।

परिषद्ले उक्त भिडियो क्षेत्रीय समितिलाई छनोटका लागि पठाउँछ । क्षेत्रीय समितिले छनोट भएका भिडियोलाई फेरि आयोजक समितिलाई उपलब्ध गराउँछ । उक्त छनोट भएका प्रतियोगीहरूलाई निर्णायक मण्डलले मूल्याङ्कन गरी ५० जनालाई ओपनिङ राउन्डमा लैजान्छन् । यो आइडलको निर्णायक मण्डलमा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन् ।

आइडलको निर्णायक मण्डल

आइडलको ओपनिङ राउन्ड भर्चुअलमार्फत् १४ मे २०२१ नेपाली समय बिहान ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । ओपनिङ राउन्ड तीन चरणको हुन्छ, जसअन्तर्गत अन्तरा, सारेगम र पियानो राउन्ड हुनेछ । डिजिटल राउन्डबाट छनोट भएका ५० जनाले ओपनिङ राउन्डको अन्तरा राउन्डमा प्रस्तुति दिनेछन् । सोही प्रस्तुतिको आधारमा निर्णायकहरूले ४० जना छनोट गरी सारेगम राउन्डमा लैजानेछन् । उक्त राउन्डमा पनि प्रतियोगीको प्रस्तुतिको आधारमा ३० जना पियानो राउन्डका लागि योग्य हुनेछन् । पियानो राउन्डमा प्रवेश गरेका तीसै जना प्रतियोगी गाला राउन्डमा पुग्नेछन् ।

गाला राउन्ड पनि तीन चरणको हुन्छ । मे १५ मा नेपाली समय बिहान ११ बजेबाट सुरु हुने यो राउन्डको पहिलो चरणमा ३० जना प्रतियोगीले प्रस्तुति दिनेछन्, जसबाट ५ जना बाहिरिनेछन् । यसैगरी, दोस्रो चरणमा २५ जनाबाट २० जना छनोट हुनेछन् र तेस्रो चरणमा २० जनाबाट १५ जना छनोट भएर ग्रान्ड फिनालेमा प्रवेश गर्नेछन् ।

२१ मे मा हुने ग्राण्ड फिनाले पनि तीन चरणमा हुनेछ, जसको पहिलो चरणमा १५ जनाले प्रस्तुति दिनेछन् । जसबाट ५ जना बाहिरिएर १० जना छनोट हुनेछन् । यसैगरी, दोस्रो चरणमा १० जनाबाट ५ जना छानिनेछन् र तेस्रो चरणमा ५ जनाबाट पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ घोषणा गरिनेछ ।

उक्त आइडलको विजेताले ७ लाख, दोस्रोले ४ लाख, तेस्रोले २ लाख, चौथोले एक लाख र पाँचौले ५० हजार पुरस्कार पाउने प्रतियोगिताका क्षेत्रिय संयोजक प्रबिन गुरुङले जानकारी दिए ।



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले