English

बुटवल–नारायणगढ सडकको म्याद सकियो, तर १९ प्रतिशत मात्र काम



बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी छ । तर निर्माणको भौतिक प्रगति भने १९ प्रतिशत मात्रै छ । सडकको वित्तीय प्रगति भने १० प्रतिशत छ ।

यो सडक निर्माणको ठेक्का चाइना स्टेट इन्जिनियर कर्पोरेशनले लिएको थियो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माणको ४१ महिना बितिसक्दा १९ प्रतिशत मात्रै काम भएको हो ।

बुटवल–नारायणगढ सडकको लम्बाई ११४ किलोमिटर छ । साढे तीन वर्षमा १९ प्रतिशत काम भएको हुँदा सडक निर्माण सम्पन्न हुन करिव १५ वर्ष लाग्ने देखिएको छ । दैनिक सानाठूला गरी १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक निर्माणमा ढिलाई हुँदा सडक आसपासका बासिन्दा प्रभावित भएका छन् । त्यस्तै यो सडक खण्ड भएर ओहोर दोहोर गर्ने यात्रीहरुले पनि सास्ती भएका छन् ।

सामान्य अवस्थामा बुटवल–नारायणगढ यात्रा गर्न साढे दुई घण्टा लाग्ने गरेकोमा अहिले ५–७ घण्टा लाग्ने गरेको एमाले नवलपरासीका सांसद तिलक महतले बताए । आफूले यसबारे बारम्बार संसदमा ध्यानाकर्षण गराएको भएपनि निर्माणको कामले गति लिन नसकेको गुनासो गरे ।

सडक आयोजनाले भने कोरोना महामारी, ‘साइट क्लियर’ र रूख कटानमा ढिलाइ हुँदा सडक बिस्तारको काम समयमै हुन नसकेको दावी गरेको छ । जंगल क्षेत्रमा चारलेन र बस्तीमा ६ लेन सडक बिस्तार गर्ने गरी २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा यसको शिलान्यास गरेका थिए ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले यो सडक बिस्तारको योजना ल्याउँदै बजेट छुट्टयाएका थिए । २०७९ साउन २२ गतेभित्र निर्माण पूरा गर्ने गरी सडक विस्तारको काम थालेको कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गरेको छ । सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रूपियाँमा ठेक्का सम्झौता भएको हो । बुटवल–दाउन्ने र दाउन्ने–गैंडाकोट गरी दुई खण्डमा विभाजन गरेर सडकको काम थालिएको छ ।

बुटवल–दाउन्ने पश्चिम खण्डअन्तर्गत पर्ने ४८ किलोमिटरको २० प्रतिशत काम भएको आयोजनाका परामर्शदाता सुशन श्रेष्ठले जानकारी दिए । उनका अनुसार दाउन्ने–गैंडाकोट खण्ड ६५ किलोमिटर सडकको १८ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम खण्डमा हालसम्म झण्डै ८५ वटा कल्भर्ट निर्माण भएका छन् भने ५० कल्भर्टका अधिकांश काम सकिएको छ । सडकमा २४० कल्भर्ट निर्माण गर्नुपर्नेछ ।

दाउन्ने पश्चिमतर्फ नौ वटा ठूला मोटरेबल पुल बनाउनुपर्नेमा तीन वटा निर्माण पूरा भएका छन् भने तीन वटा पुल सम्पन्न हुने चरणमा पुगेका छन् । सडक खण्डमा ११ हजार मिटर नाली बनेको छ भने माटो भर्ने काम १३ हजार मिटर क्षेत्रमा गरिएको छ ।

सडकको कूल लागतमध्ये एसियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।

फोटो : राजकुमार श्रेष्ठ/मेरो लाइफस्टाइल

यो पनि…
अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)
अवधि सकिनै लाग्दा बुटवल–नारायणगढ सडक अस्तव्यस्त



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।