English

ब्रम्हाण्डको रंगीन तस्वीर सार्वजनिक



ब्रम्हाण्डको पहिलो रंगीन तस्वीर सार्वजनिक भएको छ । नासा र अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार नयाँ अन्तरिक्ष टेलिस्कोपबाट खिचिएको पहिलो रंगीन तस्वीर सार्वजनिक गरेका हुन् ।

नासाका वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपमार्फत उक्त तस्वीर खिचेका हुन् । जसलाई १४ वर्षको विकास र ६ महिनाको क्यालिब्रेशनपश्चात ब्रम्हाण्डको गहिराइ जाँच गर्ने उद्धेश्यले उक्त तस्बिर खिचिएको हो ।

सो तस्बिरमा ब्रम्हाण्डलाई प्रष्ट रुपमा देख्न सकिन्छ । ब्रम्हाण्डमा रहेको ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देख्न सकिन्छ ।

नासाले उक्त तस्वीर कैद गर्नका लागि लामो समय लागेको बताएको छ । यसअघि जेम्स वेबलाई २००७ मा सार्वजनिक गर्ने योजना थियो तर, त्यो सफल हुन सकेन । झण्डै १० अर्ब लगानी भएको यसलाई नासाले २०२१ मा सार्वजनिक गरेको थियो । जसको नाम नासाका पूर्व प्रसारक जेम्स वेबको नामबाट नामाकरण गरिएको हो ।

साथै, नासाले आगामी साता जेम्स वेब टेलिस्कोपले कैद गरेका तस्वीरहरु सार्वजनिक गर्ने जनाएको छ । यो टेलिस्कोप अन्तरीक्षको चारै दिशमा नजर राख्न सक्ने गरी बनाइएको छ । जसले पृथ्वीबाट एक लाख माइलभन्दा टाढाको तस्वीर केद गर्दछ ।

तस्बिर सार्वजनिक गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले ब्रह्माण्डको वास्तविक आकार बुझ्ने प्रयासमा सफलता प्राप्त गरेकोमा शुभकामना दिए । साथै, अमेरिकाले ठूलो काम गर्न सक्छ भन्ने प्रमाणित भएको समेत बताए ।



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०