विषालु जीवलाई हातमा लिएर घुमिरहिन् यी महिला (भिडियो)
कहिलेकाहीँ हामी यति ठूलो गल्ती गर्दर्छौं कि, जसको अन्दाज पछि आफैँले गर्न सक्दैनौँ । केही यस्तै भयो इंग्ल्याण्डमा बस्ने एक महिलामाथि । उनी केही समय पहिला विदा मनाउन इण्डोनेशिया गएकी थिइन् । त्यो बेला उनले बालीमा एक सानो जीवलाई आफ्नो हातमा लिइन् । तर उनलाई यो जनावर कति खतरनाक छ भन्ने कुरा थाहा थिएन । यो जीवले एक मिनेटमा २६ जना मानिसलाई मार्न सक्छ ।

केलिन नामक् महिलाले आफ्नो एक भिडियो सोसल मिडियामा शेयर गरेकी छन् । भिडियोमा केलिनको हातमा ब्लू रिंग्ड अक्टोपस रहेको छ, जसको बारेमा उनलाई केही पनि थाहा छैन । उनले यसको बारेमा जान्नको लागि गूगल सर्च गरिन् । र, उनले देखिन् यो जीवले एक मिनेटमै २६ मानिसलाई मार्न सक्छ ।

संसारमा त्यस्ता धेरै जीव छन्, जो आफ्नो सुन्दरताले मानिसलाई लोभ्याउँछन् । यी जीवहरु हेरेर यस्तो लाग्छ कि, यो कुनै अन्य लोकबाट आएका हुन् । यीमध्ये केही जीव जति राम्रा छन्, त्यति नै खतरनाक पनि छन् ।

संसारभरमा अक्टोपसका ३ सय भन्दा धेरै प्रजातिहरु छन् । तर यसमा ब्लू रिंग्ड अक्टोपस सबैभन्दा खतरनाक मानिन्छ । यस्तो भनिएको छ कि,यसको विषले मानिस ३० सेकेण्डमै मर्न सक्छ ।

यसको एक बाइटमा यति धेरै विष हुन्छ कि, यसले नजिक रहेका २६ जनालाई मार्न सक्छ । यसले टोकेपछि पनि दुख्दैन । तर केही मिनेटमै शरीर सुन्नि थाल्छ । यसको शरीरमा न्यूरोटोक्सिन धेरै हुन्छ, जसले मानिसलाई केही सेकेण्डमै प्यारालाइज हुन्छ र मानिसको शरीरमा अक्सिजन कम हुन थाल्छ ।

