English

मुगुको विद्यालयका लागि हाँसोको सहकार्य



शनिबार बेलुकी बौद्यनाथ परिसरमा अवस्थित उत्पल क्याफेमा ठुलो आवाजमा हाँसो गुञ्जिरहेको थियो । कारण थियो, प्रख्यात स्ट्याण्ड अप कमेडियन र सगरमाथा आरोही शैली बस्नेत ! अवसर थियो, मुगुस्थित श्री नेपाल राष्ट्रिय बेसिक स्कुलको लागि आर्थिक सहयोग जुटाउन आयोजना गरिएको ‘कमिक रिलिफ फर मुगु’ कार्यक्रम ।

स्ट्याण्ड अप कमेडियन शैली बस्नेत, डोरेश खतिवडा र सरोज भण्डारीको करिब डेढ घन्टाको रमाइलो प्रस्तुतिले दर्शक मख्ख परे । तिनै जनाले समसामयिक बिषयहरुमा ब्यङ्ग गरेर र कुनै कुनै बेला आफै माथि ब्यङ्ग गरेर दर्शकलाई आफ्नो प्रस्तुतीले बाँधी राखे ।

आरोही र कमेडियन शैली बस्नेतले २०११ देखि निरन्तर धेरै देशमा आफ्नो प्रस्तुतिले नेपाललाई चिनाइराखे कि छिन । बस्नेतले केही वर्षदेखि निरन्तर बेचबिखन र दुब्र्यबहारबाट जोगिएकी युवा महिलाहरुका लागि ट्रेकिङ गाइड बन्न तालिमहरु आयोजना गरेर आर्थिक रुपले सबल बनाउने कार्य गरिरहेकी छिन । आउँदो ८ अक्टुबरमा सनफ्रान्सिस्कोमा साथी आरोही÷लेखक सिल्विया बस्कोज लभाडोसंग मिलेर ‘कमेडी फण्ड रेजर,माउन्ट एभरेस्ट डायरिज’ आयोजना हुने कार्यक्रम रहेको छ ।

तस्विरहरु : विकास रौनियार

यो पनि…
नेपाली रंगमञ्चमा अनुराधा मजुमदार (फोटोफिचर)
मदन पुरस्कारबाट इङ्नाम र जगदम्बा श्रीबाट थापा सम्मानित हुँदाका झलक (फोटो फिचर)



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested