English

‘पढे लेखेको हुँदैमा सबैले जागिर खानुपर्छ भन्ने छैन’



पछिल्लो समय जुम्लाका धेरै युवा व्यावसायीक रुपमा कृषितर्फ अग्रसर भइरहेका छन् । विषेशगरी पढेलेखेका युवाले कृषिलाई पेशा बनाउँदा अन्य व्यक्तिहरूको पनि यसप्रति मोह जागेको देखिन्छ । जसले रोजगारी मात्रै बढाएको छैन कृषि उत्पादन समेत बढेको छ ।

युवाहको प्रयासमा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले पनि सहयोग गरिरहेको छ । मल, बीउ, सिंचाई, यान्त्रिकरण जस्ता सामग्री अनुदानमा कृषि विकास कार्यालयले सहयोग गरेको कार्यालयका प्रमुख गणेश अधिकारीले बताए । उनले भने, ‘युवाहरूको यो प्रयास निकै राम्रो छ । जसले बुबाआमाले गर्दै आएको पेसालाई आधुनिक बनाएर आयआर्जन गरिरहेका छन् ।’

किसानले उत्पादन गरेका वस्तुहरू किसानले सिँधै उपभोक्तामाझ पुर्याउन सक्ने वातावरण नभएसम्म श्रमअनुसारको आम्दानी लिन सकिदैन् ।

यस्तै युवामध्येका एक हुन् कनका सुन्दरी गाउँपालिका–१ का कर्णसिंह कठायत । कठायतले एक वर्षअघि १२ कक्षा पास गरेका हुन् । २२ वर्षीय उनले कृषिलाई पूर्णकालिन पेशा बनाएका छन् । उनको मुगुको राराताल जाने मुख्य सडकमा कर्णाली ह्याचरी पोल्टी फार्म छ । उनको फार्ममा ६ हजारभन्दा बढी कुखुरा छन् । यहाँ उनी कुखुराका चल्ला पनि उत्पादन गर्छन । उनले भने, ‘पढे लेखेको हुँदैमा सबैले जागिर खानुपर्छ भन्ने छैन नी ।’ उनले स्थानीय जातको चल्ला उत्पादन गर्दै आएका छन् ।

कठायतका अनुसार लोकल कुखुराको बजार राम्रै भए पनि बेच्ने बेलामा बिचौलिया बोलावाला हुने गर्छ । उनले भने, ‘किसानले उत्पादन गरेका वस्तुहरू किसानले सिँधै उपभोक्तामाझ पुर्याउन सक्ने वातावरण नभएसम्म श्रमअनुसारको आम्दानी लिन सकिदैन् ।’

बिचौलियाविना कृषि उपज बिक्री गर्न सकिदैन । त्यसैले किसानले मूल्य नपाउने हो । उता उपभोक्ताहरू पनि बढी मूल्यमा परेर मारमा छन् ।

सरकारले कृर्षिमा अनुदान दिनुभन्दा बजारीकरणको व्यवस्था गर्नु पर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘बिचौलियाविना कृषि उपज बिक्री गर्न सकिदैन । त्यसैले किसानले मूल्य नपाउने हो । उता उपभोक्ताहरू पनि बढी मूल्यमा परेर मारमा छन् ।’

०६० सालमा एसएसी पास गरेर कृर्षि पेसा अङ्गालेका चन्दनाथ–५ का निरोजराज गिरी स्याउ, ओखर, लसुन, आलु, सिमी उत्पादनबाट बार्षिक १२ लाखभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन् । उनी स्याउका चाना, जुस, जेली, बनाउँछन् । उनले भने, ‘मसँगै पढेका कोही शिक्षक, कोही डाक्टर बने । मलाई कृर्षिमा लागेको उनीहरू अहिले पनि गोठालो, जंगली भन्छन् । तर म यही पेशामा खुसी छु ।’

नेपाललाई कृषि प्रधान देशको रूपमा परिभाषित गरिए पनि त्यसो हुन सकेको छैन । यो परिभाषालाई हामी सबै मिलेर अब पूरा गर्नुपर्छ ।

उनी यसैवर्ष मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित पनि भएका छन् । उनी कृषिमा क्रान्ती नभए देशमा भोगमारी हुने बताउँछन् । उनले भने, ‘जो जुन ठाउँमा रोजगार भए पनि दैनिक छाक टार्न कृषि नै चाहिन्छ ।’

०७४ सालको स्थानीय निर्वाचनमा तातोपानी गाउँपालिकाको उपाध्यक्षमा जितेकी गंगादेवी उपाध्यय पाँच वर्षे कार्यकाल सकाएर अहिले कालिज पालनमा लागेकी छिन् । उनी भन्छिन्, ‘नेपाललाई कृषि प्रधान देशको रूपमा परिभाषित गरिए पनि त्यसो हुन सकेको छैन । यो परिभाषालाई हामी सबै मिलेर अब पूरा गर्नुपर्छ ।’

५० लाख लगानीमा कालिज पालन सुरु गरेकी छु । श्रीमानले पनि सघाउनु भएको छ । कालिजका चल्ला समेत उत्पादन गरिरहेका छौँ ।

उनले गौतम पशुपक्षी पालन फार्म स्थापना गरेकी छिन् । हरेक कुरालाई अलि फरक ढंगबाट गर्न खोजे सफल हुने उनी बताउँछिन् । उनी भन्छिन, ‘५० लाख लगानीमा कालिज पालन सुरु गरेकी छु । श्रीमानले पनि सघाउनु भएको छ । कालिजका चल्ला समेत उत्पादन गरिरहेका छौँ ।’ गत १५ माघबाट सुरु गरेको कालिज पालन व्यवसाय र फर्मबाट अहिले १५ सयभन्दा बढी चल्ला उत्पादन भइसकेका छन् । उनका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायका अनुसार उन्नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालिएको हो ।

यहाँ उत्पादन भएका कालिजका चल्ला एक जोडाको १८ सय, १२ सय र पाँच सयसम्म पर्छ । ठूला कालिजको २५ सयदेखि ३५ सयसम्म पर्ने गरेको छ । भाले कालिजको मुल्य ३५ सय र पोथीको मुल्य २५ सय पर्छ ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जुम्लामा कालिजको चल्ला उत्पादन गर्ने व्यवसाय पहिलो भएको बताए । उनका अनुसार कालिज पालनका लागि जुम्लामा निकै राम्रो सम्भावना छ ।

यो पनि
जसको काम देखेर गाउँलेहरू तरकारी खेतीमा लागे
खाडीबाट फर्केर गाउँमा भैँसीपालन



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।