English

प्रदेश १ मा परिणाममुखी बजेट आएको छ : स्वास्थ्य मन्त्री यादव



प्रदेश १ स्वास्थ्य तथा जनसंख्या मन्त्री जयनन्द यादवले प्रदेश सरकारले स्वास्थ्यमा परिणाममुखी बजेट विनियोजन गरेको दावी गरेका छन् ।

प्रदेश १ स्वास्थ्य निर्देशनालय र स्वास्थ्य पत्रकार मञ्च नेपालले विराटनगरमा आयोजना गरेको प्रदेश स्वास्थ्य समिक्षा कार्यक्रममा बोल्दै मन्त्री यादवले बजेट जथाभावि छर्ने काम नगरेको बताए । ‘आवश्यक ठाउको लागि वजेट विनियोजन भएको छ ।’ उनले भने ‘परिणाम मुखी बजेट सरकारले ल्याएको छ ।’

प्रदेश १ सरकारको कुल बजेटको ९ प्रतिशत वजेट स्वास्थ्य क्षेत्रलाई छुट्याएको जानकारी दिए । ‘स्वास्थ्यमा भण्डै ४ अर्व बजेट विनियोजन भएको छ ।’ उनले भने ‘यो प्रदेश १ सरकारको कुल बजेटको ९ प्रतिशत हो ।’ केन्द्रिय सरकारले यस वर्ष ५ दशमलव ५ प्रतिशत मात्र बजेट स्वास्थ्यमा विनियोजन गरेको छ ।

प्रदेश १को स्वास्थ्य सेवा सुधार गर्न स्थानिय तहका हरेक वडामा स्वास्थ्य चौकि देखी आवश्यक स्थानमा वर्थिङ्ग सेन्टर स्थापना भइरहेको बताए । उनले सरकारले उपलब्ध गराउने निशुल्क स्वास्थ्य सेवा जनतालाई थाहा नै नभएको र त्यस विषयमा जनचेतना जगाउनुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव डा अनुज भट्टचनले प्रदेश १ सरकारले जनशक्ती व्यवस्थापनमा चुनौती भोगिरहेको बताए । जनशक्ती व्यवस्थापनकोलागि संगठन व्यवस्थापन सर्भेक्षण गरी अगाडी बड्ने जानकारी दिए ।

प्रदेश स्वास्थ्य मन्त्रालय नया संरचना हो । हामी मन्त्री सचिव नै पहिलो नेतृत्वहो, एन नियम कानुन नै छैनन त्यसमा काम गरीरहेका छौ ।

प्रदेश १ स्वास्थ्य निती, ७ वर्षे रणनिती लगायतका कानुन बनाउने चरणमा रहेको समेत जानकारी दिए । ‘प्रदेश स्वास्थ्य मन्त्रालय नया संरचना हो ।’ उनले भने ‘हामी मन्त्री सचिव नै पहिलो नेतृत्वहो, एन नियम कानुन नै छैनन त्यसमा काम गरीरहेका छौ ।’ नितीगत काम संगै सेवा प्रबाहको काममा अगाडी बढीरहेको बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञान बहादुर बस्नेतले प्रदेश सरकारले गरेका काम र बन्ने नीतिगत सुधारकालागि कार्यक्रम आयोजना गरीएको बताए ।

प्रदेश स्वास्थ्य मन्त्रालय निति योजना महाशाखा प्रमुख डा शुरेश मेहताले निती तथा कार्यक्रमहरु जनमुखी र जनतालाई केन्द्रमा राखेर बनाइने बताए ।

पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले पछिल्लो समय विट पत्रकारीताले व्यवसायिक पत्रकारीतालाई जोगाइरहेको बताए । उनले विट पत्रकारीतालाई प्रोत्साहन गर्न सरकारले क्षमता अभिवृद्धीमा सहयोग गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य पत्रकार मञ्चका उपाध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारीता प्रविधिक विषय बढी भएको हुदा हतारको समचार संप्रेसण गर्न नहुने बताए । स्थानीय देखी केन्द्रिय सरकारको प्राथमिकता स्वास्थ्य पर्दै गएको बताए ।

मञ्चका महासचिव भिषा काफ्लेले स्वास्थ्य क्षेत्रका निति नियम बन्दा देखी नै स्वार्थ समुहको हावी हुने गरेको बताए । उनले प्रदेश १ सरकारका स्वास्थ्यका निती, रणनिती, कानुन बन्ने चरणमा रहेका हुदा सञ्चारकर्मीले विशेष चासो दिएर समचार संप्रेसण गर्ने समय भएको बताए ।

यो पनि…
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !
यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार