रामेछाप बस दुर्घटना (तस्बिरसहित)
रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र चार जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

‘बस दुर्घटनामा घटनास्थलमा नौ जनाको र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा थप चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालले जानकारी दिए ।

प्रहरीका अनुसार हाल धुलीखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । यस्तै ३ जनालाई प्रभु हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । बस ब्रेकफेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।





यो पनि…
संखुवासभा बस दुर्घटना अपडेट : १४ जनाकाे मृत्यु भएको पुष्टि
ललितपुर : पाँचै जनाको निसास्सिएर मृत्यु भएको आशंका