English

११ वर्षमा मनसुनसँगै आएको विपद्ले के–के गर्यो ?

२६ सय ६२ जनाको मृत्यु, ८८० बेपत्ता र १९ अर्बभन्दा बढी आर्थिक क्षति


मनसुनजन्य विपद्का घटनाले बितेको ११ वर्षमा नेपालमा ठूलो जनधनको क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ देखि २०७८ चैत मसान्तसम्म ११ वर्षको अवधिमा नेपालमा मनसुनजन्य विपद्का घटनाका कारण २ हजार ६६२ जनाको मृत्यु भएको छ ।

नेपालको भौगर्भिक, भौगोलिक तथा जलवायुको अवस्था, वर्षातको प्रकृति एवं प्रवृत्ति, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहन, जथाभावी हुने विकासका कार्यहरु र प्रकृतिमा मानवको अतिक्रमणका कारण बाढी, पहिरो, हिमताल विस्फोट, हिमपहिरो जस्ता जलवायु तथा मनसुनजन्य प्रकोपका घटना हुने र ठूलो जनसंख्यालाई प्रभावित गर्नेक्रम बढिरहेको छ ।

सोही समयमा रेकर्ड भएका ५ हजार ८ सय २५ वटा मनसुनजन्य विपद्का घटनामा ८ सय ८० जना व्यक्ति बेपत्ता भएका छन् । विपद्का घटनाले ११ वर्षमा १९ अर्ब ८ करोड ३७ लाख ९७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

‘नेपालको भौगर्भिक, भौगोलिक तथा जलवायुको अवस्था, वर्षातको प्रकृति एवं प्रवृत्ति, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहन, जथाभावी हुने विकासका कार्यहरु र प्रकृतिमा मानवको अतिक्रमणका कारण बाढी, पहिरो, हिमताल विस्फोट, हिमपहिरो जस्ता जलवायु तथा मनसुनजन्य प्रकोपका घटना हुने र ठूलो जनसंख्यालाई प्रभावित गर्नेक्रम बढिरहेको छ,’ प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ मा उल्लेख छ ।

नेपालमा मनसुनजन्य विपद्मध्ये बाढी, डुबान, कटान, पहिरो र भारी वर्षाले सबैभन्दा ठूलो जनधनको क्षति गर्ने गरेको छ । मनसुनजन्य विपद्ले पछिल्लो ११ वर्षमा १६ हजार ३९ घरमा पूर्ण क्षति र ४५ हजार ३ सय ९३ घरामा आंशिक क्षति गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

प्राधिकरणका अनुसार बितेको ११ वर्षको अवधिमा नेपालमा १ हजार ७ सय ५६ वटा बाढीका घटना रेकर्ड भएका छन् । ती घटनामा ८७५ जनाको मृत्यु र ५ सय ४८ जना बेपत्ता भएका छन् । बाढीका घटनाले १६ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी गरेको जानकारी प्राधिकरणले दिएको छ ।

‘नेपालको तराई र भित्री मधेशमा पर्ने तेइस जिल्लाहरू बाढीको उच्च जोखिममा छन् । काठमाडौं उपत्यकामा अवस्थित सहरहरु (काठमाडौ, भक्तपुर, ललितपुर), हेटौडा, चितवन, तुलसीपुर, घोराही एवं वीरेन्द्रनगर सहरी बाढीको दृष्टिबाट उच्च प्रकोपयुक्त मानिन्छन्,’ कार्ययोजनामा उल्लेख छ ।

विगत ११ वर्षमा मनसुनजन्य विपद्का घटनामध्ये सबैभन्दा बढी पहिरोका घटना भएका छन् । मानवीय क्षति पनि पहिरोबाट धेरै भएको छ । यस अवधिमा २ हजार ४ सय ६५ वटा पहिरोका घटना रेकर्ड भएको छन् । ती घटनामा परी १ हजार ३ सय ८७ जनाको ज्यान गएको छ भने ३ सय ३० जना बेपत्ता भएका छन् ।

२०२६ देखि २०७५ सालसम्म गएका पहिरोहरूको तथ्याङ्कलाई विश्लेषण गर्दा नेपालको महाभारत श्रृङ्खलादेखि उच्च हिमाली क्षेत्रबीचको भू–खण्डमा बढी मात्रामा पहिरो गएको पाइन्छ ।

पहिरोले पछिल्लो ११ वर्षमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ । ‘२०२६ देखि २०७५ सालसम्म गएका पहिरोहरूको तथ्याङ्कलाई विश्लेषण गर्दा नेपालको महाभारत श्रृङ्खलादेखि उच्च हिमाली क्षेत्रबीचको भू–खण्डमा बढी मात्रामा पहिरो गएको पाइन्छ । पहिरोको घनत्वको हिसाबले बागमती तथा गण्डकी प्रदेश उच्च जोखिममा रहेको पाइन्छ । त्यसैगरी लुम्बिनी तथा मधेश प्रदेश भने सापेक्षित रूपमा पहिरोको कम जोखिममा रहेको पाइन्छ,’ कार्ययोजनामा भनिएको छ ।

नेपालमा मनसुनमा हुने भारी वर्षाका कारण पनि ठूलो जनधनको क्षति हुने गरेको छ । विगत ११ वर्षमा नेपालमा १ हजार ६ सय ०४ वटा भारी वर्षाका घटना भएका छन् । यसबाट १ हजार ९ सय ८४ घरमा क्षति पुगेको छ भने ५ हजार ४ सय ७७ परिवार प्रभावित भएका छन् ।

भारी वर्षाका कारण उक्त अवधिमा नेपालमा १ सय १८ जनाको मृत्यु भएको छ । भारी वर्षाले ५२ करोडभन्दा बढी आर्थिक क्षति गरेको छ ।

‘भौगोलिक रूपमा मध्य पहाडी क्षेत्रका जिल्लाहरूमा भारी वर्षाका धेरै घटना र क्षति हुने गरेको देखिन्छ,’ कार्ययोजनामा उल्लेख छ ।

याे पनि:
मेलम्ची बाढीको एक बर्ष : डरै-डरको उस्तै जिन्दगी
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)




सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।