English

लण्डनबाट आउला लगानी ?

सन् २०३० सम्म नेपालमा ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावट बिजुली


नेपाल लगानी बोर्डले सन् २०३० सम्म २ हजार किलोमिटर रेल र १५ हजार मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।

नेपाली दूतावास लण्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा लण्डनमा आयोजित नेपालमा लगानी सम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै बोर्डका कार्यकारी निर्देशक शुशील भट्टले भने,‘नेपाल लगानीका लागि उपयुक्त मुलुक हो ।’

नेपालले अहिले भारतलाई बिजुली बेच्न थालिसकेको बताउँदै भारत र बंगलादेश विद्युत निर्यातको लागि ठूलो बजार रहेको बताए । उनले नेपालमा यातायात, सडक, कृषि, आइटी तथा उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले नेपालमा संविधान बनेपछि राजनैतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा लगानीको लागि प्रशस्त सम्भवना रहेको बताए ।

नेपाल लगानी बोर्डले आगामी १० वर्षभित्र नेपालमा ५ वटा अन्तराष्ट्रिय विमानस्थल, र वार्षिक ५ मिलियन पर्यटन भित्रयाउने लक्ष लिएको जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले नेपालमा संविधान बनेपछि राजनैतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा लगानीको लागि प्रशस्त सम्भवना रहेको बताए । उनले नेपाल महाभूकम्पका कारणले भएको क्षतिबाट माथि उठेर अब आर्थिक संमृद्धिको दिशामा अघि बढेको बताए ।

कार्यक्रममा आन्तरिक व्यापार विभागका मेनिफ्याक्चिङ इनर्जी एन्ड इन्फास्ट्रक्चरका निर्देशक रोडनी ब्राकलीले नेपालमा आफ्नो लगानीको नुभव सुनाउदै लगानीको लागि आग्रह गरे । उनले लगानीबाट प्राप्त हुने मुनाफामा दोहोरो कर प्रणाली खारेज हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका प्रमुख राजेश हिमानीले नेपालमा लगानीका चुनौतिका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा लगानी बोर्डका सहसचिव अमृत लम्साल र उपसचिव रमेश अधिकारीले नेपालमा लगानीका सम्भवनाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै लगानी बोर्डले लगानीकर्तासंग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीहरुले हाइड्रो, बैंकिङ, स्वास्थ्य क्षेत्रमा लगानी गरेको चर्चा गर्दै संघले नेपाल सरकारसंग सहकार्य गर्दै काम गरिरहेको जानकारी दिए । उनले नेपाल लगानीको लागि ‘भर्जिनल्याण्ड’ भएको बताए ।

कार्यक्रममा डोल्मा एम्प्याक्ट फण्डका संस्थापक कार्यकारी अधिकृत टिम गोचरले नेपाल लगानीको लागि प्रसस्त सम्भवाना हरेको मुलुक भएको बताउँदै उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा लगानीको क्षेत्रमा सामान्य चुनौति रहे पनि प्रतिफल प्राप्त हुनेमा ढुक्क हुन आग्रह गरे । उनले लगानीका लागि नेपाल विश्वकै सबैभन्दा आकर्षक गन्तव्य भएको बताए ।

सम्मेलनलाई सम्बोधन गदै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीहरुले हाइड्रो, बैंकिङ, स्वास्थ्य क्षेत्रमा लगानी गरेको चर्चा गर्दै संघले नेपाल सरकारसंग सहकार्य गर्दै काम गरिरहेको जानकारी दिए । उनले नेपाल लगानीको लागि ‘भर्जिनल्याण्ड’ भएको बताए ।

नेपाली दुतावास लण्डनकी उप्रमुख रोशन खनालले संचालन गरेको कार्यक्रममा ब्रिटिस नेपाल चेम्बर अफ कर्मका उपाध्यक्ष विराज भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बेलायतस्थित नेपाली व्यवसायी, लगानीकर्ता, पत्रकार,समाजसेवी लगायतको बाक्लो उपस्थित थियो ।

याे पनि :
‘हामीले ‘फुल फेज’को दोहोरो नागरिकताको माग गरिरहेका छौँ’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।