English

गिट्टीमा भविष्य खोज्दै बालबालिका



कालो फुर्के कपाल, निलो स्विटर, हातमा फलामे हतौडा, खोलाको वरपर गिट्टीका थुप्रो, पहेँला, सेता बोरा, जाँगे वा कट्टु लगाएर आधा दर्जन बढी बालबालिका ढुंगासँगै पौँठाजोरी खेलिरहेका छन् । यो दृश्य हो, मुगु छायाँनाथ रारा नगरपालिका–११ रोवा बस्तीका बालबालिकाको । हिजोआज उनीहरूको दैनिकी ढुंगा, गिट्टीसँगै बित्ने गरेको छ । यसरी नै उनीहरूको दैनिकीसँगै गुजारा पनि चलिरहेको छ ।

अन्य जिल्लाकै जस्तै मुगुका विद्यालयमा पनि पाठ्यपुस्तक आइपुगेको छैन । पुस्तकको अभावले विद्यालय जानुपर्ने बालबालिका खोलामा दिन बिताउने गर्छन् । पुस्तकमात्र होइन घरमा बिहान–बेलुका छाक टार्ने अन्न पनि छैन । कापीकलम किन्ने पैसा छैन । जसकारण विद्यालय जानुपर्नै उनीहरू गिट्टी कुटेरै घरको आर्थिक अभाव पूरा गर्न अभिभावकलाई सघाउने गर्छन् ।

पैसा नहुँदा पढ्न पनि सकिँदैन । काम पाइहाले पनि थोरै मात्रा दाम आउँछ, खान पनि पुग्दैन । त्यसैले गिट्टी कुट्न आएको हुँ ।

बुबाआमाको आयस्रोत नभएपछि यहाँका विपन्न, गरिब, दलित परिवारका बालबालिकाको अध्ययन प्रभावित भएको छ । ‘पैसा नहुँदा पढ्न पनि सकिँदैन । काम पाइहाले पनि थोरै मात्रा दाम आउँछ, खान पनि पुग्दैन । त्यसैले गिट्टी कुट्न आएको हुँ,’ प्रभात माध्यामिक विद्यालय रोवाका कक्षा ४ मा अध्ययनरत छात्र १३ वर्षीय बिर्खराज बुढाले बताए ।

खान लाउन आर्थिक समस्या भएपछि गिट्टी कुट्न आएको उनी बताउँछन् । लगातार गिटी कुट्दा महिनामा दुई हजार रुपैयाँसम्म आम्दानी हुने उनले बताए ।

बिर्खराज मात्र होइनन्, १४ वर्षीय मनोज ऐडीको अवस्था पनि उस्तै छ । उनको घरमा उमेर ढल्लेका बुबा छन् । बुबा मजदुरी गर्छन् । तर, बुबाको आम्दानीले मात्रै दैनिकी चल्दैन । गिटी कुट्ने काम पनि मुस्किलले पाइने उनको गुनासो छ ।

प्रभात माविमा अध्ययनरत यी बालबालिका उदाहारण मात्र हुन् । यहाँका अधिकांश विपन्न, गरिब र दलित बालबालिकाको अवस्था यस्तै छ ।

पढाई खर्चसँगै विद्यालय निर्माणमा आवश्यक पर्ने गिट्टी कुटिरहेको शिक्षक हरिबहादुर विश्वकर्माले बताए । गिट्टी कुटेबापत उनीहरूले प्रतिबोरा ६० रुपैयामा पाउँछन् ।

यो पनि…
माटोमा हुर्किरहेको एउटा जीवन (फोटो फिचर)
२ लाख ८६ हजार बालबालिका अझै श्रमिक



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested