English

गुरुङ समुदायको पुर्ख्यौली पेसा भेडापालन व्यवसाय संकटमा

भेडापालनलाई व्यवसायीकरण गर्न सकेमात्र युवा पुस्तालाई आकर्षित गर्न सकिने


भेडापालनलाई गुरुङ समुदायको पुर्ख्यौली पेसाको रुपमा मानिन्छ । विगतमा लमजुङमा झन्डै तीन सयभन्दा बढी भेडीगोठ थिए । स्थानीयले घुम्ती भेडीगोठमा सामूहिक रूपमा भेडा पाल्दै आएका थिए । तर, पछिल्लो समय भेडापालन व्यवसाय संकटमा छ ।

युवा पुस्ताले यस व्यवसायमा चासो नदिएका कारण यो व्यवसाय संकटमा पर्न थालेको हो । युवा सहर, विदेश केन्द्रित छन् । तर, भेडापालन व्यवसायमा युवापुस्ताको चासो छैन । भेडाको मासु र ऊन बिक्रीबाट मनग्य कमाउन सकिने भए पनि काम गर्न कठिन हुने भएकाले यस व्यवसायमा युवाले खासै चासो नदिएको भेठीगोठाला बताउँछन् । ‘भेडापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ उनीहरू भन्छन्, ‘तर भेडा चराउन कहिले बेँसी त कहिले लेक गरिरहनुपर्छ । दुःख छ । त्यसैले यो व्यवसायमा लाग्ने युवा छैनन् ।’

लमजुङमा ९० घुम्ती भेडीगोठ

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रुपेश श्रेष्ठका अनुसार लमजुङको भोजे, पसगाउँ, घनपोखरा, घेर्मु, ताघ्रिङ, बाहुनडाँडा, भुलभुले, फलेनी, वन्सार, पाचोक गौँडा, कोल्की, इलमपोखरी, दुधपोखरीलगायत स्थानमा घुम्ती भेठीगोठ छन् । उनका अनुसार जिल्लामा ९० वटा घुम्ती भेडीगोठ छन् । ती भेठीगोठमा झन्डै १५ हजार ‘बरुवाल’ जातका भेडा छन् ।

वार्षिक १२ करोड आम्दानी

घुम्ती भेडीगोठमा पालिएका भेडाबाट वार्षिक दुई सय मेट्रिक टन मासु उत्पादन हुन्छ । एउटा भेडाको मूल्य ३० हजारभन्दा बढी पर्छ । भेडाको उनको मूल्य प्रति धार्नी चार सयभन्दा बढी पर्छ । भेडाको मासु बिक्रीबाट मात्रै वार्षिक १२ करोड रुपैयाँ आम्दानी हुँदै आएको छ । यहाँका भेडाको मासु काठमाडौं, पोखरा, चितवनलगायत सहरमा पुग्छ । जिल्लामा वार्षिक झन्डै ६ हजार मेट्रिक टन ऊन उत्पादन हुँदै आएको छ । ऊन बिक्रीबाट मात्रै वार्षिक १२ लाख रुपैयाँभन्दा बढी आम्दानी हुँदै आएको छ ।

भेडाको मल बेचेर पनि आम्दानी गर्न सकिन्छ । तर, मल त्यसै खेर गएको छ । तल्लो भेगमा भेडीगोठ रहँदा खेतबारीमा प्रयोग भएको छ । तर, माथिल्लो भेगमा भेडीगोठ जाँदा मल त्यसै खेर गएको छ ।

हिमालको काखसम्मै पुग्छन् घुम्ती भेँडीगोठ

भेडा चराउन भेडाको बथान लिएर भेठीगोठालाहरू लेक–बेँसी गरिरहन्छन् । भेडा चराउँदै उनीहरू हिमालको काखसम्मै पुग्छन् । श्रेष्ठका अनुसार यहाँका केही पाका व्यक्तिले भेडापालन व्यवसायलाई निरन्तरता दिएका छन् । उनीहरूले मनग्य कमाएका पनि छन् । भेडापालन व्यवसायलाई व्यवसायीकरण गर्दै लगेमा यो व्यवसायबाट मनग्य कमाउन सकिने र युवा पुस्तालाई आकर्षित गर्न सकिने उनी बताउँछन् । उनका अनुसार केन्द्रले घुम्ती भेठीगोठलाई सोलार बत्ती, त्रिपाललगायत सामग्री प्रदान गर्दै आएको छ । भेडाको मासु, ऊन तथा मल बिक्रीबाट राम्रो कमाउन सकिने उनको भनाइ छ । उनले भने, ‘भेडाको मल बेचेर पनि आम्दानी गर्न सकिन्छ । तर, मल त्यसै खेर गएको छ । तल्लो भेगमा भेडीगोठ रहँदा खेतबारीमा प्रयोग भएको छ । तर, माथिल्लो भेगमा भेडीगोठ जाँदा मल त्यसै खेर गएको छ ।’

यो पनि…
भेडापालक किसानले किन मागे भत्ता ?
संघर्षका कथा: विदेश छोडेर भेडीगोठमा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested