English

आफ्नै नाममा उठेको राहत रकममै आहत भए पीडित



सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो । जुरेको बस्तीमाथिबाट पहाड खस्दा सिङ्गो बस्ती पुरियो भने एक सय ४५ जनाको ज्यान गयो, सयौँ परिवार विस्थापित भए ।

आठ वर्षअघिको पहिरोले जुरेकी सरिता तामाङको परिवार पनि विस्तापित बन्यो । उनी विदेशमा र श्रीमान भ्यान लिएर तातोपानी बोर्डर पुगेकाले बाँचेका थिए । तर, उनीले सासुससुरासँगै दुई छोरी र एक छोरा पहिरोमा गुमाए । घटनालगत्तै सरिता नेपाल आएकी हुन् ।

हुर्कदै गरेका बालख छोराछोरी गुमाएर आफूहरू बाँच्नु परेको पीडाले उनीहरूलाई निकै सताउँछ । उनीहरू भन्छन्, ‘बुढेसकालमा टेक्ने लौरो गुमाउनुपर्यो । जत्तिबेलै यो पीडाले पोलिरहन्छ ।’ घटना सम्झिनासाथै सरिताको आँखा आँशुले भरिन्छ ।

सरिताले एक सन्तानलाई जन्म पनि दिएकी छिन् । उनकी छोरी अहिले चार वर्षकी भइन् । सरिता यही छोरीसँग खेल्दै, रमाउँदै विगतका पीडालाई भुल्ने प्रयत्न गर्छिन् ।

जीवन धान्न धेरै गाह्रो छ, टहराको बास छ । सरकारले बासको व्यवस्था गरिदिए हुन्थ्यो । त्यति पनि गर्न नसके हाम्रो नाममा आएको राहत रकम बाँडिदिए पनि हुने ।

पहिरोले जायजेथा बगेको दृश्य बिर्सन खोजे पनि यहाँका पहिरो पीडितहरूले बिर्सन सकिरहेका छैनन् । पहिरोपछि उनीहरूको बासस्थान टहरोमा भएको छ । सरिता भन्छिन्, ‘जीवन धान्न धेरै गाह्रो छ, टहराको बास छ । सरकारले बासको व्यवस्था गरिदिए हुन्थ्यो । त्यति पनि गर्न नसके हाम्रो नाममा आएको राहत रकम बाँडिदिए पनि हुने ।’

यस्तै, सरस्वती बोहोराको पनि जुरे पहिरोले घरदेखि खेतबारी पहिरोमा परेको थियो । उनको परिवार सुकुम्बासी जस्तै भएको छ । उनीहरू अहिले अरनिको राजमार्गको किनारामा भुकम्प पीडित अनुदानबाट आएको पैसाले टहरा बनाएर बसिरहेका छन् । तर, बर्खामा सुनकोसी नदी उर्लिएर आउँदा किनारैमा रहेको टहरो बगाउला की भन्ने पिरलो परिरहन्छ ।

पहिरोपीडित सुनकोसीमा पानी बढ्दा तर्सिन्छन्

सुनकोसीमा पानीको सतह बढ्नासाथै उनीहरू पोकापन्तरा बोकेर खुल्ला पाखातिर लाग्छन् । पहिरोले उठिबास लगाएका यहाँका विस्थापितलाई अहिले पनि सुनकोसी बाढीको त्रास छ ।

यता, जुरे पहिरो पीडितको नाममा संकलित रकम आठ वर्षसम्म सरकारी खातामा मै रोकिएको छ । दैनिक गुजार चलाउन मुस्किल भएको बेला आफ्नो लागि संकलन भएको रकम नपाएकोमा दुःख लागेको बताउँछिन बिनिता लामा । पहिरो पीडितका लागि तत्काल विभिन्न देशमा रहेका व्यक्ति तथा गैरसरकारी निकायबाट दुई करोड २४ लाख रुपैयाँ सहयोग जम्मा भएको थियो ।

जुरे पहिरो पीडितलाई पनि भुकम्प पीडित सरह मानेर सरकारले आवास निमार्णको लागि तीन लाख रकम दिएको थियो । म्याग्नेसाईट उद्योगमा बस्दै आएका पीडितलाई घर बनाउन आवश्यक जग्गा व्यवस्थापन गर्न भने सरकारले सकेन । यति लामो समय हुँदा पनि वास्तविक पीडित को को हुन् भन्ने निक्र्याैल स्थानीय तहले गर्न सकेन् । १४ मंसिर ०७६ को मन्त्रीपरिषद्को निर्णयले पहिरोपीडितलाई भूकम्पपीडितसरह रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

पहिरो पीडितको नाममा संकलित रकम पीडितलाई दिलाउन पहल भइरहेको विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोक फोकल पर्शन श्यामकृष्ण श्रेष्ठले बताए । आठ वर्षअघि नै वितरण हुनुपर्ने रकम समयमै वितरण हुन नसक्दा पीडित अन्योलमा परेका छन् । लामो समय बितिसक्दा पनि पीडितको समस्या भने ज्यूँका त्यूँ छ ।

यो पनि…
पल्लोटारीका पहिरोपीडित दुई वर्षदेखि टहरामै
मनाङ बाढीपहिरोको एक वर्ष : पीडितलाई बासकै चिन्ता



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।