English

वामदेव गौतमको नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा



वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा भएको छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो ।

साविक नेकपामा अन्तरद्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वाेच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तो छ, बामदेवको पार्टी ‘हेडक्वाटर’

पार्टीको केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए ।

उनकाअनुसार पार्टीमा बहुपदीय प्रणाली रहनेछ । केन्द्रीय कार्यसमितिमा एक अध्यक्ष, प्रत्येक प्रदेशको इञ्चार्जको जिम्मेवारी बहन गर्नेगरी सात उपाध्यक्ष, संगठनात्मक जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने गरी व्यवस्था गरिएको पाण्डेले जानकारी दिए ।

बहुतम ल्याएन भने पनि प्रतिनिधिसभा र प्रदेशसमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने पक्का छ, त्यसपछि पाँच वर्ष कांग्रेसकै नेतृत्वमा देशको संरचना रहन्छ त्यसैले दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक पर्दैन ।

पार्टी घोषणा कार्यक्रममा बोल्दै गौतमले कम्युनिष्ट आन्दोलन धरासयी बनेको बताए । आफ्नो नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका गौतमले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धरायसी बनेपछि नयाँ राजनीति दल खोल्नुपरेको बताए ।

‘आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धरासयी बनेको हेरेर बस्न सकिन,’ उनले भने ।

कम्युनिष्टबीच एकता तथा कार्यगत एकता भएन भने गठबन्धनका नाममा कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने दाबीसमेत गरे । ‘बहुतम ल्याएन भने पनि प्रतिनिधिसभा र प्रदेशसमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने पक्का छ,’ उनले ठोकुवा गर्दै भने, ‘त्यसपछि पाँच वर्ष कांग्रेसकै नेतृत्वमा देशको संरचना रहन्छ त्यसैले दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक पर्दैन ।’

यो स्थितिलाई नियन्त्रणमा लिन आफूले नयाँ दल घोषणा गरेको बताउँदै गौतमले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको प्रष्ट पारे । तर, आन्दोलन र पार्टी धरासयी भएर अर्को राजनीतिक दल खोलेको बताउने गौतमले पार्टीको केन्द्रीय सदस्यमा आफ्नी श्रीमती र छोरालाई मनोनित गरेका छन् ।

याे पनि :
वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू 



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन